नदिमा इस्काइवेटर पल्टिदा बेपत्ता संज्यालको खोजिकार्य निरन्तर

  ।   १६ पुष २०८१, मंगलवार १८:०२

कालिकोट ।  कर्णाली नदिमा इस्काइवेटर पल्टिदा वेपत्ता भएका कुस्माखर संज्यालको खोजिकार्यका लागी सुर्खेत देखी गोदाखोरको टोलि , प्रहरी र शसत्र प्रहरी टोलि सहित खोजी कार्य भइरहेको छ ।

गत पौष १२ गते अपरान्न ५ बजे तिर पचालझरना ८ चाटेबगर स्थित कर्णाली नदिमा डोजर तार्नेक्रममा डोजर पल्टीदा डोजर सहित संज्याल नदीमा बेपत्ता भएका थियो ।

गाँउपालिका वडा नं ८ को चाटेवगर देखि पचालझरना गाउँपालिका वडा नंं ४ जारकोट जाने क्रममा कर्णालि नदीमा डोजर पल्टिए पछि चालकसंगै रहेका निर्माण ब्यवसयीका प्रतिनिधि कुस्माखर संज्याल बेपत्ता हुनुभएको हुन भने चालकको सकुशल उद्वार गरिएको हो ।

वेपत्ता संज्यालको खोजिकार्यका लागी प्रहरी चौकी पचालझरना,शान्तिघाट, खुलालुको टोलिले निरन्तर रुपमा खोजिकार्य गरिरहेको र दैलेख,अछाम,कैलाली सम्म पनी प्रताचार गरि सकेको प्रहरी निरिक्षक गोबिन्द चौधरीले जानकारी दिनुभएको छ  ।

Next Post

डा. घनश्याम पयडासैनीको ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ लोकार्पण

१६ पुष २०८१, मंगलवार १८:०२
काठमाडौं । रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित पुस्तक काठमाडौंमा लोकार्पण भएको छ। कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्तिको अवसर पारेर २०८१ पुस १५ गते लेखक(साहित्यकार अमर अधिकारीका बारेमा डा। घनश्याम पुडासैनीले लेख्नुभएको पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ लोकार्पण गरिएको हो। तारकेश्वर नगरपालिका वडा नं। १० स्थित मनमैजु साँस्कृतिक समाजमा भएको लोकार्पण […]