काठमाडौं । रोल्पाली लेखक तथा साहित्यकार अमर अधिकारीको जीवनीमा आधारित पुस्तक काठमाडौंमा लोकार्पण भएको छ।
कवि शिरोमणी लेखनाथ पौड्यालको जन्मजयन्तिको अवसर पारेर २०८१ पुस १५ गते लेखक(साहित्यकार अमर अधिकारीका बारेमा डा। घनश्याम पुडासैनीले लेख्नुभएको पुस्तक ‘अमर अधिकारीः व्यक्तित्व र कृतित्व’ लोकार्पण गरिएको हो। तारकेश्वर नगरपालिका वडा नं। १० स्थित मनमैजु साँस्कृतिक समाजमा भएको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका पूर्वसचिव तथा गीतकार डा दामोदर रेग्मीले सरकारी सेवाको सिलसिलामा लेखक डा। घनश्याम पुडासैनी र पुस्तकका पात्र अमर अधिकारीलाई २५ वर्षदेखि नै चिन्दैआएको र दुबैजना असल सहकर्मी रहेको कुरा स्मरण गर्दै प्रस्तुत पुस्तक सङ्ग्रहयोग्य रहेको बताउनुभयो ।
समारोह समाजका अध्यक्ष तथा सङ्गीतकर्मी ध्रुवराज खड्काले पुस्तकमाथि छोटो विवेचना गर्नुभएको थियो भने पुस्तकका प्रकाशक दायित्व वाङमय प्रतिष्ठानका अध्यक्ष एवं समारोहका विशिष्ठ अतिथि राम प्रसाद पन्तले आफ्नो मन्तब्य व्यक्त गर्नुभएको थियो। समारोहमा डा। दामोदर पुडासैनी, डा। ऋषिराम खनाल र लेखक डा। घनश्याम पुडासैनी तथा पुस्तकमा चित्रित अमर अधिकारीले पनि छोटो मन्तव्य प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम अभिनेतृ तारा केसीले सञ्चालन गर्नुभएको थियो। पछिल्लो समय एकवर्षको अवधिमा अमर अधिकारीका दुईसयभन्दा बढी लेख(रचनाहरु प्रकाशन भएको इतिहास छ।
सरकारी सेवाको दौरानमा सिंहदरबारमा मात्र बाह्रवर्ष विताउनुभएका अमरका लेखहरु प्रभावकारी र विसङ्गति न्यूनिकरणमा सहयोगी हुनेगरेको देखिएको छ। पुस्तकमा चित्रित अमर अधिकारी पहिलो रोल्पाली स्रष्टा हुनुहुन्छ। उहाँ गीतहरु पनि लेख्ने गर्नुहुन्छ हुनुहुन्छ। आगामी दिनहरुमा उहाँका थप पुस्तकहरु क्रमशः प्रकाशन हुँदै जाने बताइएको छ। अमर अधिकारी निडर लेखकका रुपमा चिनिनुहुन्छ। पुस्तकमा चित्रण र वर्णन गरिने उहाँ पहिलो रोल्पाली हुनुहुन्छ।