सुर्खेत । सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ मा मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ। कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का ७९६ मतसहित पहिलो स्थानमा रहेका छन्।
उनलाई पछ्याउँदै राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार टेकबहादुर सिंहठकुरी ५४५ मतसहित दोस्रो स्थानमा छन्।
यसैगरी, नेकपा एमालेका उम्मेदवारले ४२७ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् भने नेपाली कम्युनिस्ट पार्टी ९नेकपा० का उम्मेदवारले ७७ मत पाएका छन्।
मतगणना कार्य अझै जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आगामी चरणको मतगणनासँगै परिणाममा थप परिवर्तन आउन सक्ने अनुमान गरिएको छ।







