रुकुम पूर्व । रुकुम पुर्वमा भारी मतान्तरसहित पुस्प कमल दाहाल प्रचण्ड विजयी हुने अवस्थामा पुगेका छन्। हालसम्म भएको मतगणनामा उनले स्पष्ट अग्रता कायम गरेका छन्।
अहिलेसम्म गणना भएको १५ हजार ८२३ मतमध्ये प्रचण्डले ८ हजार ७४७ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी लिलामनी गौतमले ३ हजार १७ मत प्राप्त गरेका छन्।
यस निर्वाचन क्षेत्रमा कुल १९ हजार १८८ मत खसेको थियो। जसमध्ये ३ हजार ३६५ मत गणना गर्न अझै बाँकी रहेको छ। तर प्रचण्ड अहिले नै ५ हजार ४६० मतले अगाडि रहेका कारण बाँकी सबै मत विपक्षीले प्राप्त गरे पनि परिणाम उल्टिने सम्भावना देखिँदैन।
यससँगै रुकुम पूर्वबाट प्रचण्डको जित लगभग सुनिश्चित भएको छ। यद्यपि मतगणना सम्पन्न भएपछि निर्वाचन अधिकृतले औपचारिक रूपमा नतिजा घोषणा गर्नेछन्।
रुकुम पूर्वमा प्रचण्डको फराकिलो अग्रताले स्थानीय राजनीतिक वृत्तमा समेत चासो र चर्चा बढाएको छ।







