मन्त्री रावत द्वारा क्याम्पस भवन उद्‍घाटन

  ।   ५ जेष्ठ २०८१, शनिबार १२:३७
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"addons":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

कालिकोट । कर्णाली प्रदेशका उद्योग, प्रर्यटन , वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले तिला कर्णाली बहुमुखी क्याम्पस कालिकोटको नव-निर्मत भवनको शनिबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।

उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रावतले प्रदेश को शिक्षा सुदृढ गर्ने,भवन उद्धघाटन मात्र नभइ नेपालमा लेखिएको संविधानले भनेका कुरा हामीले पूरा गर्न सकेका छैनौं र पन्चायत जस्तै अहिले पनि भइरहेको पहुँच र पावरको आडमा बजेट  बाड्ने काम अझै हुँदा यसको अन्त्य हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो झ पहिलाको समयमा शिक्षक मात्र राजनीति गर्ने अरुले गर्न नपाउने अबस्था थियो केही परिवर्तन त भयो पूरा रुपमा अझै यस्ता खालका परम्परा अन्य गर्नु पर्छ र जनयुद्ध देखी हामिले शिक्षाको छेत्रमा जति पनि सहयोग पुराउदै आइरहेको छौ।
यस क्याम्पसमा कुनै राजनीति नगरेर स्वतन्त्र भएर शिक्षा सुदृढ गर्न शिक्षालाई निरन्तर दिनु पर्ने जोड दिनुभएको छ ।

उनले थपे निसुल्क शिक्षा दिन हामी लागि परेका छौ । सबै क्षेत्रमा प्रविधिमैत्री बनाउने, बिपद् व्यवस्थापनका लागि आवश्यक सामग्री उपलब्ध गराउने र कर्णाली बनाउनका निम्ति प्रदेश सरकार प्रतिबिद्ध रहेको समेत उल्लेख गर्नुभयो ।

कार्यक्रममा स्वतन्त्र बिधार्थि युनियनका सभापति हिक्मत सिंहले औपचारिक कार्यक्रम संचालन गर्दै तिला कर्णाली बहुमुखी क्याम्पसमा थप शिक्षाका लागि वन बिज्ञान विषय पढाइ गर्ने तयारी रहेको र निरन्तर लागिपरेको थप सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।

क्याम्पस प्रमुख रुद्र प्रसाद सापकोटाले
धन्यवाद ज्ञापन गर्दै भवन निर्माण भएसँगै धेरै बिद्यार्थी शिक्षामा प्रवाह हुने सेवामा थप सहजता र गुणस्तर आउनुका साथै क्याम्पसको कार्य क्षमतामा समेत अभिवृद्धि हुने विश्वास ब्यक्त गर्नुभयो । कालिकोट बासीको त्याग र तपस्याले क्याम्पस यश स्थिति सम्म पुगेको बताउनु भयो ।

शिक्षा निति देशको मात्र फेरिन नसकेपनी कर्णालीको नीति कार्यक्रम फेरियोस क्याम्पसमा पढ्ने बिद्यार्थी बिस्तारै ओरालो लाग्दै गइरहेको त्येसको रोक थाम गर्न सबै जना लागि पर्नुपने र काला पहाड गएर क्याम्पसको फिस तिर्नुपर्ने बाध्यता अन्त्य गर्न लागिपर्नु पर्ने बताउनुभयो ।

Next Post

नेपाल जेसीज क्षेत्र ‘घ’ राष्ट्रिय अध्यक्ष भेला कालिकोटमा सम्पन्न

५ जेष्ठ २०८१, शनिबार १२:३७
कालिकोट । कर्णाली जेसिज कालिकोटको आयोजनामा नेपाल जेसीजको क्षेत्र ‘घ’ राष्ट्रिय अध्यक्ष भेला शनिबार कालिकोटमा सुरु भएको छ । नेपाल जेसीजको क्षेत्र ‘घ’ भेला कर्णाली प्रदेशका उद्योग, प्रर्यटन , वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री मन्त्री रावतले कालिकोट जिल्लामा जेसीजका युवाहरुको […]