प्रतिनिधि सभा बैठकमा दलका नेताहरुको सम्बोधन {Live} प्रतिनिधि सभा बैठक, २०८३ भदौ १७ गते, बुधबार
https://www.facebook.com/share/v/19VYCXPJAh/
काठमाडौं । प्रधानमन्त्रीले दैवी प्रकोप उद्धार कोषमा हालसम्म ६ अर्ब ८८ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन्। उनका अनुसार कोषमा ६१ लाख ४१ हजार अमेरिकी डलरभन्दा बढी रकमसमेत जम्मा भइसकेको छ।
प्रतिनिधी सभाको सम्बोधनमा प्रधानमन्त्रीले भने, “दैवी प्रकोप उद्धार कोषमा हालसम्म ६ अर्ब ८८ लाख रुपैयाँभन्दा बढी र त्यसबाहेक ६१ लाख ४१ हजार अमेरिकी डलरभन्दा बढी रकम जम्मा भइसकेको छ।”
उनका अनुसार कोषमा जम्मा भएको रकमबाट विपद्बाट प्रभावित १५ वटा स्थानीय तहमा आवश्यक रकम निकासा समेत भइसकेको छ। प्रभावित नागरिकलाई राहत तथा उद्धारका लागि आवश्यक स्रोत उपलब्ध गराउने काम भइरहेको उनले बताए।
प्रधानमन्त्रीले विपद्का बेला प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै उपलब्ध स्रोतसाधनलाई प्रभावकारी रूपमा परिचालन गरिने बताएका छन्।






