अपडेट

सल्यान फोर्स गाडी दुर्घटनामा ज्यान गुमाएका तीन जनाको सामूहिक अन्त्येष्टि

  ।   १४ आश्विन २०८२, मंगलवार ०८:२२

सल्यान । सल्यानको कपुरकोट गाउँपालिका–३ मा शनिबार राति भएको  सडक दुर्घटनामा ज्यान गुमाएका तीन जनाको बाँफिकोट गाउँपालिकामा सामूहिक अन्त्येष्टि गरिएको छ।

दुर्घटनामा मृत्यु भएका वडा नम्बर ५ की ६८ वर्षीया पवि केसी, सोही ठाउँका २७ वर्षीय शशीधर केसी र वडा नम्बर ४ का २७ वर्षीय प्रकाश केसीलाई बाँफिकोट–४ को घुमाउरा घाटमा आइतबार दिनभर शोकाकुल वातावरणमा अन्त्येष्टि गरिएको हो। गाउँभरका स्थानीयवासी ठूलो संख्यामा घाटमा भेला भएर उनीहरूलाई श्रद्धाञ्जली अर्पण गरेका थिए।

लु २ ख ६५०२ नम्बरको फोर्स गाडी बाँफिकोटबाट दाङतर्फ जाँदै गर्दा कपुरकोट–३ मा दुर्घटनाग्रस्त बनेको थियो। गाडीमा एउटै परिवारका ४ जना सहित ५ जना सवार रहेका थिए। घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने गम्भीर घाइते दुई जनाको अहिले कोहलपुरमा उपचार भइरहेको छ।

स्थानीयवासीका अनुसार दुर्घटना रातको समयमा भएको र सडकको अवस्था कमजोर रहेको प्राथमिक अनुमान छ। राजमार्ग हुँदै आवतजावत गर्ने गाडी चालकहरूले पनि उक्त स्थानलाई जोखिमपूर्ण मान्ने गरेको बताइएको छ।

दुर्घटनापछि मृतक परिवारमा शोक छाएको छ भने गाउँमा समेत शोकाकुल वातावरण छ। बाँफिकोट गाउँपालिकाका जनप्रतिनिधिहरूले पीडित परिवारलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

Next Post

कालिकोटमा दोस्रो पुरमल शाही स्मृति कपमा खाँडाचक्र–६ विजेता, खाँडाचक्र–५ उपविजेता

१४ आश्विन २०८२, मंगलवार ०८:२२
कालिकोट । स्व. पुरमल शाही दोस्रो स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०८२ मंगलबार समापन भएको छ । यस पटकको उपाधि खाँडाचक्र नगरपालिका–६ ले हात पारेको हो । सोही टोलिले गत वर्षको पहिलो संस्करणमा पनि उपाधि हात पारेको थियो। जिल्लाको खाँडाचक्र नगरपालिका–३ ताडीमा आइतबारदेखि सुरु भएको प्रतियोगितामा उपविजेता खाँडाचक्र नगरपालिका–५ बनेको […]

सम्बन्धित शीर्षक