मुगुमा बोलेरो जिप दुर्घटना १ जनाको मृत्यु

  ।   १९ भाद्र २०८१, बुधबार २०:०४

मुगु । मुगुमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी आउँदै गरेको ग १ ज ६४३७ नम्बरको जिप बान्जाँ भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार बोलेरो जिप दुर्घटनमा परि जिपका साहु सोरु गाउँपालिका–३ का ४५ बर्षीय नरबादुर गुमीको मृत्यु भएको छ । उक्त जिप उनी आफैंले चलाएको मुगुका प्रहरी प्रमुख डिएसपी वीरेन्द्र थापाले बताउनुभयो । जिपमा अन्य यात्रु कुनै थिएनन् ।

Next Post

रातानाङ्गला सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाइते

१९ भाद्र २०८१, बुधबार २०:०४
सुर्खेत । मोटरसाईकल दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको धरमपोखरा–रातानाङ्गला सडक खण्डको गुराँस गाउँपालिका–६ गोरु जुधेमा कर्णाली प्रदेश ०२ ००२ प ९३६४ नम्बरको बुलेट बाईक दुर्घटनामा परेको हो । दुर्घटनामा परेकाहरुको प्रहरी चौकी लालीकाँडाका प्रहरी सहायक निरीक्षक श्याम थापासहितको टोलीले उद्दार गरेको छ ।दुर्घटनामा […]