रातानाङ्गला सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा २ जना घाइते

  ।   २० भाद्र २०८१, बिहीबार ०९:२६

सुर्खेत । मोटरसाईकल दुर्घटनाहुँदा दुई जना घाइते भएका छन् । दैलेखको धरमपोखराबाट वीरेन्द्रनगर आउँदै गरेको धरमपोखरा–रातानाङ्गला सडक खण्डको गुराँस गाउँपालिका–६ गोरु जुधेमा कर्णाली प्रदेश ०२ ००२ प ९३६४ नम्बरको बुलेट बाईक दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेकाहरुको प्रहरी चौकी लालीकाँडाका प्रहरी सहायक निरीक्षक श्याम थापासहितको टोलीले उद्दार गरेको छ ।दुर्घटनामा वीरेन्द्रनगर–३ तातापानीका २१ वर्षीय निमेश थापा र रास्कोट नगरपालिका–६ गोर्खाली गाउँ कालिकोटका १८ वर्षीय जेनी शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घाइतेमध्य शाहीको अवस्था गम्भीर छ ।

दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरी चौकी लालीकाँडाको टोलीले घाइते दुवै जनाको उद्दार गरेर उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाएको हो । मोटरसाईकल सडकबाट अन्दाजी एक सय मिटर तल खोचमा खसेकाले दुर्घटनाको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ ।

 

Next Post

दशौँ राष्ट्रिय खेलकुदको भौतिक संरचना निर्माण धमाधम

२० भाद्र २०८१, बिहीबार ०९:२६
सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी तीब्र पारिएको छ । यहाँ भौतिक संरचना निर्माण धमाधम चलिरहेको छ । प्रतियोगितालाई समग्र कर्णालीको प्रतिष्ठाका रुपमा हेरिएको छ । तोकिएकै मितिमा प्रतियोगिता सञ्चालनका लागि भौतिक संरचना करिब तयारी अवस्थामा रहेको बताइएको छ । तर प्रतियोगिताको मिति […]