कविता -पत्थर बन्न आदत परेको छ
मौन हुनु त
पत्थर हुनु पो रहेछ
घन बजारिदा बजारिनु पर्ने
हथौड़ा ठोकिँदा ठोकिँनु पर्ने
उच्च स्वर सुनिदा
नबोलिनु पर्ने
मौनता यस्तै हुदोरहेछ
पत्थर हुनु बाहेक
अरु केही हुनु रहेन छ
फेरी बेस्सरी हिर्काउनु
अब पत्थर भैसकेपछी
झनै हिर्की बसुला
बेस्सरी बजार्नु
बजारिन हरदम तयार बनेपछि
हथौड़ा जसरी ठोकिन
मन्जुर हुनेछु
ठोकिँदा बजारिदा
आफै पत्थर बनिसकेको
बजारिन ठोकिन अझ बर्ता
रहर लाग्छ
पत्थर भन्दा पनि
मौन बस्न बानी परेपछि
आजकल खासै
बजारिन ठोकिन
कुनै नौलो आदत लाग्दैन
किनकी पत्थर भन्दा ज्यादा
चोट सहन
उस्तै पत्थर जस्तो
आदत लागेको छ।।
दीर्घ बहादुर शाही (डोक्काघरे)







