प्रत्यक्ष संवाद कार्यक्रम फागुन ९ गते घण्टाघर पार्कमा

  ।   ८ फाल्गुन २०८२, शुक्रबार २०:०७

सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीज को आयोजनामा संयुक्त क्षेत्र नं. २ का उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन हुने भएको छ।

आयोजकका अनुसार कार्यक्रम २०८२ साल फागुन ९ गते शनिबार दिउँसो १ः३० बजे घण्टाघर पार्क मा आयोजना गरिनेछ। कार्यक्रममा उम्मेदवारहरूले आफ्ना भावी योजना, दृष्टिकोण तथा प्रतिबद्धताबारे सार्वजनिक रूपमा धारणा राख्नेछन्। साथै सहभागीहरूलाई प्रत्यक्ष रूपमा जिज्ञासा राख्ने अवसर प्रदान गरिने जनाइएको छ।

जुनियर जेसीज वर्ष २०२६ का अध्यक्ष किसोर न्यौपानेका अनुसार मतदातालाई जानकारीमूलक निर्णय लिन सहयोग पुर्‍याउने र लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा विभिन्न संघ–संस्था, सञ्चारमाध्यम तथा स्थानीय सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकले सम्पूर्ण सरोकारवालालाई उपस्थित भई संवादमा सहभागी हुन अनुरोध गरेको छ।

Next Post

वीरेन्द्रनगर जुनियर जेसीजद्वारा उम्मेदवारसँग प्रत्यक्ष सवाल–जवाफ कार्यक्रम सम्पन्न

८ फाल्गुन २०८२, शुक्रबार २०:०७
सुर्खेत । वीरेन्द्रनगर जुनियर जेसीज को आयोजनामा संयुक्त क्षेत्र नं. २ का उम्मेदवारहरूसँग गरिएको प्रत्यक्ष संवाद कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने र मतदातालाई सूचित निर्णय लिन सहयोग पुर्‍याउने उद्देश्यसहित आयोजित उक्त कार्यक्रमले स्थानीय राजनीतिक वातावरणलाई थप सक्रिय र जिम्मेवार बनाएको आयोजकले जनाएको छ। कार्यक्रमका प्रमुख […]