मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न दुई जना प्रक्राउ परेका छन् । भरुवा बन्दुक र सिकार गरिएका संरक्षित पंक्षीसहित उनिहरुलाई पक्राउ गरिएको हो ।
रारा राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी र निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेनाको टोलीले विशेष सूचनाको आधारमा निकुञ्ज क्षेत्रमा संरक्षित पंक्षी लगायत अन्य पंक्षी चोरी शिकारी गरी ओसारपोसार गर्दै गरेको अवस्थामा भरुवा बन्दुकसहित पक्राउ गरिएको निकुञ्ज प्रमुख महेश न्यौपानले बताउनुभयो ।
प्रमुख न्यौपानेका अनुसार निकुञ्ज क्षेत्रभित्र चोरी सिकारीमा संलग्न जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिका—१ रिय गाँउका २६ वर्षीय मान बहादुर कठायत र सोही गाँउपालिका—१ बार गाँउका ३९ वर्षीय गोरे कठायत पक्राउ परेका हुन् ।
मृत अवस्थामा संरक्षित राष्ट्रिय पंक्षी डाँफेको भाले एक, पोथी दुई र अर्को पंक्षी फक्रास भाले दुई, पोथी एक चोरी सिकारी गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको हो ।