५० शय्याको जिल्ला अस्पताल नवनिर्मित भवन मान्मबाट सेवा सुरु

  ।   ३ मंसिर २०८१, सोमबार २०:१०
Oplus_131072

कालीकोट । जिल्ला अस्पताल मान्ममा ५० शय्याको सुविधा सम्पन्न नवनिर्मित भवनबाट सेवा सुरु भएको छ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोमबार अस्पतालको भवनको औपचारिक उद्घाटन गर्दै आवश्यक उपकरण र विशेषज्ञ चिकित्सकको व्यवस्थाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयको छ।

अस्पतालले लामो समयदेखि साँगुरो टिनको टहरामा औषधि र चिकित्सकको अभावको बीचमा सेवा दिँदै आएको थियो। नयाँ भवन निर्माणसँगै अब टिनको टहरामुक्त बनेको अस्पतालले गुणस्तरीय सेवा दिन अपेक्षा गरिएको छ। मुख्यमन्त्री कँडेलले उद्घाटन समारोहमा गुणस्तरमुखी सेवामा ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै दक्ष जनशक्ति र आवश्यक उपकरण व्यवस्थापनको प्रतिबद्धता व्यक्त गर्नुभयो।

जिल्ला स्वास्थ्य प्रमुख डा। भिष्म पोख्रेलले अब अस्पतालले सुविधायुक्त भवनबाट बिरामीलाई सेवा दिन सहज हुने अपेक्षा गरिएको छ, तर दक्ष जनशक्ति र थप उपकरणको आवश्यकता रहेको बताउनुभयो । यसैगरी, उद्घाटन कार्यक्रममा प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम घण्डारीले औषधि, उपकरण र विशेषज्ञ चिकित्सकको आवश्यकता पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्घाटन समारोहमा कर्णाली प्रदेश उपसभामुख यशोदा न्यौपाने, प्रदेश सभा सदस्य हिक्मत विष्ट, दुर्गबहादुर रावत, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

Next Post

नव देउडा गायिका तर्फको अवार्ड सर्वोत्कृष्ट कालिकोटकी विपना लाई 

३ मंसिर २०८१, सोमबार २०:१०
कैलाली । तेस्रो सुप इन्टरटेन्मेन्ट म्यूजिक अवार्ड २०८१ अन्तर्गत सर्वोत्कृष्ट नव देउडा गायिका तर्फको अवार्ड बाट यस वर्ष कालिकोटकी विपना सिंह सम्मानित हुनु भएको छ । सोमबार सुदूरपश्चिमको प्रदेश राजधानी धनगढीमा आयोजित भव्य समारोहमा प्रमुख अतिथि मुख्यमन्त्री राजेन्द्रसिं रावलबाट गायिका विपना लाई सो अवार्डद्वारा सम्मानित गरिएको हो । सुपरिचित नव […]

सम्बन्धित शीर्षक