कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१, लम्की निवासी शिक्षक छत्रबहादुर भण्डारीका छोरा करिब २० वर्षीय अनिस भण्डारीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की–चिसापानी सडक खण्डमा भएको उक्त दुर्घटनामा एक जना अन्य व्यक्ति घाइते भएका छन्। घाइतेको उपचार भइरहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यलय कैलालीका अनुसार दुर्घटनाको कारणबारे विस्तृत विवरण आउन बाँकी रहेको छ भने सम्बन्धित निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
स्वर्गीय अनिस भण्डारीप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै, शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ।







