सुर्खेत । बहुप्रतिक्षित कोहलपुर–सुर्खेत १३२ केभी विद्युत प्रसारण लाइनको काम अब अन्तिम चरणमा पुगेको छ। हर्रे क्षेत्रमा करिब १६ सय मिटर दूरीमा ड्रोनको सहायताले तार तान्ने काम सम्पन्न गर्न लागिएको छ।
यो परियोजनाले २०४५ सालमा वीरेन्द्रनगर ल्याइएको ३३ केभी लाइन विस्थापनसँगै सुर्खेतसहितका जिल्लाहरूले भोग्दै आएको लो भोल्टेज समस्या अन्त्य गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रम अनुसार १३२ केभी प्रसारण लाइनको उद्घाटन आगामी माघ १ गते गरिने तयारी भएको छ। यस परियोजनाले स्थानीय बासिन्दालाई स्थिर र गुणस्तरीय विद्युत आपूर्ति सुनिश्चित गर्ने विश्वास गरिएको छ।







