न्यानो काखका ४ अनाथलाई लोटस एकेडेमिमा निःशुल्क अध्यापन

  ।   १५ जेष्ठ २०८१, मंगलवार २०:३२

कालिकोट । जिल्लाको सदरमुकाम मान्म स्थित लोटस विकास एकेडेमिले न्यानो काख सेवा समाजका ४ जना अनाथ बालबालिकालाई निःशुल्क पढाउने घोषणा गरेको छ । आफ्नो स्थापनाको १ वर्ष पूरा भएको अवसरमा एकेडेमिले उक्त घोषणा गरेको हो। साथै न्यानो काख सेवा समाजका १४ जना बालबालिकालाई पठनपाठनका लागि शैक्षिक सामाग्रि समेत बितरण गरेको छ ।

‘अनाथ तथा साहारा बिहिन बालबालिका पनि शिक्षा आर्जनको अधिकारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले ४ जना बालबालिकालाई निःशुल्क पढाउने योजना अघि सारेको हौं,’ प्रिन्सिपल सन्तोष पौडेलले भने, ‘अभिभावकले स्कुललाई छोटो समयमा नै गरेको विश्वासले हामी खुसी छौं।’ सुविधासम्पन्न खेलमैदान तथा बिद्यालय भवन निर्माणले तीव्रता लिइरहेको जानकारी पनि उनले दिए।

२०७३ सालमा स्थापना गरेको तर कारणबस शैक्षिक सत्र २०८०/ ८१ बाट कक्षा नर्सरीदेखी सुरु भएको उक्त बोर्डिङ स्कुलले अहिले कक्षा ६ सम्म गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। उक्त विद्यालयले कालिकोट जिल्लामा सामुसदायिक तथा निजि बिद्यालयहरु मध्यकै उत्कृष्ठ शिक्षा दिएको र १ बर्ष भित्र नै कालिकोट जिल्लाको लोकप्रिय बिद्यालय बन्न सफल भएको सामाजिक अभियान्ता हिक्मतजंग मल्लले बताउनुभएको छ ।

ख्यातिप्राप्त शिक्षकले पढाउने लोटस विकास एकेडेमिमा दुई सय ९ विद्यार्थी रहेका छन्। आर्थिकका कारण कसैले पनि शिक्षा नपाएको तथा शिक्षाबाट बञ्चित बालश्रममा परेका बालबालकिालाई कसैले पनि प्रमाण खुल्ने कागजात ल्याएर आएमा निःशुल्क पढाउने तथा दक्ष जनशक्ति उत्पादन गर्ने बिद्यालयको लक्ष्य पूरा हुने प्रिन्सिपल पौडेलको भनाई रहेको छ।

निजी क्षेत्रबाट सञ्चालित उक्त बोर्डिङ स्कुलले श्रव्यदृश्य विधिबाट शिक्षण गर्ने तयारी थालेको छ। शिक्षण सिकाइ क्रियाकलापलाई गुणस्तरीय बनाउन श्रव्यदृश्य माध्यम अपनाउन लागिएको स्कुलले जनाएको छ।

न्यानो काख सेवा समाजमा भने हाल १४ जना अनाथ बालबालिका रहेको र उनिहरुको पालन पोषणमा पहिले भन्दा अहिले जन्म दिनको अवसर पारी सहयोग गर्नेहरुले गर्दा केही हदसम्म राहत भएको छ नभए घर परिवार बाट नै खर्च मागि ब्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको र अहिले लोटस विकास एकेडेमिले ४ जना बालबालिकालाई भएपनि पढाउने घोषणा गर्दा निकै खुसी भएको उक्त सेवा समाजका सञ्चालक कल्पना मल्ल बताउनुहुन्छ ।

Next Post

पौडी खेल्ने क्रममा तिला नदीमा एक बालक बेपत्ता

१५ जेष्ठ २०८१, मंगलवार २०:३२
कालीकोट । पौडी खेल्ने क्रममा तिला नदीमा एक बालक बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका वडा नम्बर ७ छाप्रेका १४ वर्षीय हिक्मत बम बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी पोषण थापाका अनुसार मंगलबार दिउँसो १२ बजे गाल्जे नजिकैको तिला नदीमा पौडी खेल्ने क्रममा बम बेपत्ता भएको […]