अपडेट

सुर्खेतमा ब्राउनसुगरसहित दुई पक्राउ

  ।   १८ भाद्र २०८२, बुधबार १७:३२

सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ११ मा लागुऔषध (ब्राउनसुगर) २ ग्राम ८५० मिलिग्रामसहित दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा सुर्खेतबाट खटिएको संयुक्त टोलीले गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीले पक्राउ गर्नेमध्ये २४ वर्षीय लोक प्रसाद आचार्य र २० वर्षीय धनबहादुर सोमै मगरलाई नियन्त्रणमा लिएको जनाएको छ। उनीहरूको साथसाथै घर तलासी गर्दा शुद्ध ब्राउनसुगर बरामद भएको प्रहरीको दाबी छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) मोहनजंग बुढाथोकीका अनुसार उनीहरूविरुद्ध मुद्दा दर्ता भइसकेको छ भने म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार सुर्खेत उपत्यका र आसपासका क्षेत्रमा पछिल्लो समय लागुऔषध दुव्र्यसनको समस्या बढ्दै गएको छ। विशेषगरी युवापुस्तामाझ ब्राउनसुगर, चरेस, गाँजा तथा अन्य अवैध पदार्थको प्रयोग तीव्र बन्दै गएको हुँदा प्रहरी लगातार निगरानीमा रहेको जनाएको छ।

यसअघि पनि सुर्खेतमा पटक–पटक सानो मात्रा देखि ठूलो परिमाणसम्म लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्। तर, माग तथा आपूर्ति श्रृंखला रोक्न नसकिएको भन्दै प्रहरीलाई थप चुनौती रहेको देखिएको छ। प्रहरीले समाजका सबै तह र वर्गलाई लागुऔषध दुव्र्यसनविरुद्ध सचेत रहन र जानकारी पाउनासाथ नजिकैको प्रहरी निकायलाई खबर गर्न आग्रह गरेको छ।

Next Post

दिगो विकास लक्ष्यमा युवाको सक्रियता अपरिहार्य : सुर्खेतमा युवा मानवअधिकार रक्षक सम्मेलन

१८ भाद्र २०८२, बुधबार १७:३२
सुर्खेत । ‘मानव अधिकार तथा सामाजिक न्याय’ अभियान  साथ कर्णाली प्रदेशस्तरीय युवा मानवअधिकार रक्षकहरुको २ दिने सम्मेलन  बिहीबार  सुर्खेतमा सुरु भएको छ। सम्मेलनको उद्घाटन कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीलले गरेका छन । ग्रामीणमुखी युवा अभियान नेपाल (रोयम नेपाल ) र युवा मानवअधिकार रक्षक सञ्जालको संयुक्त आयोजनामा, एइआईएनको […]