अबरुद्ध कर्णाली राजमार्गको सडक खुल्न कम्तीमा ३ दिन लाग्ने

  ।   १३ भाद्र २०८१, बिहीबार १९:५९

कालिकोट । अविरल वर्षापछि आएको भिषण पहिरोले साविक कर्णालीको जुम्ला,कालिकोट,मुगु जोड्ने एकमात्र राष्ट्यि राजमार्ग कर्णाली राजमार्ग पूर्ण रुपमा अबरुद्ध भएको छ । बुधबार रातीदेखि भएको अविरल वर्षापछि आएको गगने खोलामा आएको भिषण पहिरोले सडक र दहिखोलामा आएको पहिरो पूलनै बगाउँदा राजमार्ग पूर्ण रुपमा बन्द भएको हो ।

राजमार्गको गगने खोला,एस मोड,दैखोला र मेहर खोलामा आएको बाढीले पहिरोले राजमार्ग अबरुद्ध भएको सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले बताउनुभयो । उहाँका अनुसार तीन ठाउँमा ठुलो पहिरो सहित हुल्म,जिते, जितेगडा,सेरिघाट लगायतका स्थान ससाना थुप्रै पहिरो आएकोले सडक खुल्न कम्तीमा ३ दिन लाग्ने देखिएको छ ।

सडक डिभिजन जुम्लाको कार्यक्षेत्र दैखोला देखी जुम्लाको १०४ किमी क्षेत्रभित्र निरन्तर आईरहेको पहिरोले यात्रा सास्तीपूर्ण बनेको छ । विशेषगरी शुभकालिका गाउँपालिका जानका लागि निर्माण गरिएको ग्रामिण सडकबाट ढुंगा सहितको भिषण पहिरो आएपछि राजमार्गको गगने खोलाको सडकनै बगाएको छ । गगने खोलामा सडकनै भिरालो जमिनमा परिणत भएको छ ।

शुभकालिका गाउँपालिका जाने बाटोको माटो र ढुंगा एकै साथ आएपछि गगने खोलामा लगाएको टेवा पर्खाल र सडक पुरै बगाएपछि सडक अबरुद्ध भएको डिभिजन प्रमुख मण्डलले जानकारी दिए । डिभिजनबाट मेसिन सहित पहिरो पन्छाउन जनशक्ति परिचालन भईरहेका छन् । तर साना ठुला गरी दर्जनबढी गाउँमा पहिरो आएकोले सडक खुल्न ३ देखी ४ दिने लाग्ने अनुमान गरिएको सडक डिभिजनले जनाएको छ ।

उता दैखोलामा बाढीले पूलनै बगाएको छ । उक्त खोलामा एक मालबहाक ट्रक समेत फसेको छ । गगने खोलामा वर्षेनी पहिरो जाँदा यात्रुहरुले सास्ती खेप्नु परेको छ । सडक अबरुद्ध भएपछि जुम्ला कालिकोट मुगुबाट सुर्खेत नेपालगन्ज जाने सवारी रोकिएका छन् । आज भोलि स्याउ बोकेर गएका माल बहाक सवारी पनि रोकिँदा स्याउ कुहिन सक्ने चिन्तामा व्यापारी छन् ।

२ सय ३२ किमि लामो कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक वर्षा लागेपछि बेला–बेला पहिरोले अवरुद्ध हुादै आएको छ । हाल सम्म चार दर्जन भन्दा बढी पहिरो गएपनि यस वर्षको हाल सम्मकै ठुलो पहिरो गगने खोला आएको हो ।

Next Post

कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध, दुई दिन भित्र सुचारु गर्ने तयारी

१३ भाद्र २०८१, बिहीबार १९:५९
कालिकोट । वर्षाका कारणले पहिरो जाँदा कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध भएको छ । गत १२ गते दिउसोबाट परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका – १ को गगनेखोला, एसमोड सँगै खाडाचक्र – २ हुल्मवाजर, कालिकोट र दैलेख सिमाना दहिखोला र दैलेखको मालाचौरमा पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध […]