कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध, दुई दिन भित्र सुचारु गर्ने तयारी

  ।   १६ भाद्र २०८१, आईतवार ०७:५२

कालिकोट । वर्षाका कारणले पहिरो जाँदा कर्णाली राजमार्ग ४ दिनदेखि अवरुद्ध भएको छ । गत १२ गते दिउसोबाट परेको अविरल वर्षाले कर्णाली राजमार्गको कालीकोट खण्डमा पर्ने शुभकालिका – १ को गगनेखोला, एसमोड सँगै खाडाचक्र – २ हुल्मवाजर, कालिकोट र दैलेख सिमाना दहिखोला र दैलेखको मालाचौरमा पहिरोले सडक पुर्ण रुपमा अवरुद्ध भएको छ।

पहिरोले सडक पुर्ण रुपमा बन्द हुँदा यात्रुलाई सास्ती भोक्नु परेको छ । सुर्खेतबाट आउने यातायात मालाचौर र जुम्लाबाट आउने यातायातका साधन हुल्म र ताडी बसपार्कमा थन्किएकाले कालीकोट र अन्य जिल्ला, स्थानमा जाने यात्रु अलपत्र छन् ।

गगनेखोलामा एक्स्काभेटरबाट पन्छाइ दैखोला आसपासमा काम भइरहेको छ । मौसम सफा भएको खण्डमा आज वा भोलि साझ सम्म सडकलाई सुचारु गराउन सकिन्छ भनेर भन्न सकिने अवस्थामा रहेको बताएको छ । १२ गते राति परेको अविरल बर्षापछि पुर्ण रुपले अवरुद्ध भएको कर्णाली राजमार्ग पुर्ण रुपले खुल्न अँझै केही दिन लाग्ने भएको छ ।

ट्रयाक मात्र खोलि गाडि पास भने आज बेलुका भोलि बिहान सम्म गर्न सकिने सढक डिभिजन जुम्लाका सब ईन्जिनियर बताउँछन् र काम निरन्तर भैरहेको छ ।

बर्षाले कर्णाली राजमार्गको कालिकोट खण्डमा पर्ने दहिखोला देखि हुल्म बजार सम्म मात्र ३ वटा र मालाचौर १ ठाउँ गरि ४ वटा ठुला पहिरा र साना पहिरा अनगिन्ती हिसाबले खसेका छन् । तर ठुला पहिरो मध्येको गोगने खोला र दहिखोलामा भने ट्रयाक खुलिसकेको छ ।
दैलेखको मालाचौरमा अर्को ठुलो पहिरो पन्छाए एक तर्फी सडक सुचारु हुने सडक डिभिजन जुम्लाले जनाएको छ ।

पहिरोबाट मानविय क्षेति भने कुनै पनि भएको छैन तर दुई वटा ट्रक दहिखोला एउटा गुडिरहेको अवस्थामा र अर्को रोकिएको अवस्थामा च्यापिएर ट्रक भित्र रहेको सिमेन्टमा क्षति पुगेको , दहिखोलाको पक्कि पुल समेत भाचिएको छ ।

चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध हुँदा करोडौं मूल्य बराबरको स्याउ बोकेका सवारीसाधान अलपत्र परेका छन् । कालीकोटको गगनेखोला, एसमोड, दैलेखको मालाचौर, दहीखोलामा आएको पहिरोले सडक अवरुद्ध भएपछि स्याउ बोकेका मालबाहक ट्रकहरु बाटोमै अलपत्र परेका हुन् । राजमार्ग अबरुद्ध हुँदा यात्रुहरु पैदल हिडेर गन्तव्यतर्फ लागेपनि मालबाहक ट्रकहरु बाटोमै रोकिएपछि करोडौँ मूल्य बराबरका स्याउ कुहिने जोखिम बढेको छ ।

पहिरोले चार दिनदेखि कर्णाली राजमार्ग अवरुद्ध छ । जुम्ला, कालिकोट र हुम्लाबाट स्याउ बोकेर सुर्खेत, नेपालगञ्ज र काठमाडौाका लागि हिडेका ट्रकहरु पहिरोका कारण बीचबाटोमै रोकिएका छन् । बाटो खुल्न अझै केही दिन लाग्ने भएकाले स्याउ बाटोमै कुहिने जोखिम बढेको छ ।

बाटो अवरुद्ध भएपछि स्याउ बोकेका करिव एक सय ५० भन्दा बढी ट्रकहरु बाटोमै रोकिएका छन् । कालिकोट खण्डमा मात्रै एक सय भन्दा बढी स्याउ बोकेका ट्रकहरु रोकिएको प्रहरीले जनाएको छन् । एउटा ट्रकले करिव १२ लाख बराबरको स्याउ बोकेका छन् । राजमार्ग अबरुद्ध भएपछि किसान स्याउ खरिद गरेका व्यवसायी भने घाटामा जाने बताउाछन् भने किसान बगैंचाबाट टिपेको स्याउसमेत भण्डारण गर्नसमेत असहज भइरहेको छ ।

हरेक वर्ष वर्खायाममा कर्णाली राजमार्ग अवरुद्ध हुँदै आएको छ । कर्णाली राजमार्गको विकल्प खोज्नुपर्ने भन्दै संघीय संसदमा सार्वजनिक महत्वको प्रस्ताव पेश गरेर कर्णाली जनप्रतिनिधि र प्रदेश सरकारले भने अब कर्णाली राजमार्गको विकल्प खोज्नुपर्ने बताउँछन् ।

अबको तीन दिनसम्म पनि सडक नखुले स्याउ कुहिन्छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार यो वर्ष जुम्लामा मात्र १५ हजार मेट्रिकटन स्याउ उत्पादन हुने र करिव १० हजार मेट्रिक टन निर्यात हुने अनुमान गरेको छ । स्याउ बिक्रीबाट हरके वर्ष जुम्लाले ४० करोड आम्दानी गर्दै आएको छ ।

 

Next Post

अवरुद्ध कर्णाली राजमार्ग संचालनमा: रोकिएका सवारी साधन गन्तब्यतिर

१६ भाद्र २०८१, आईतवार ०७:५२
कालीकोट । पहिरोका कारण अवरुद्ध कर्णाली राजमार्ग ५ दिनपछि संचालनमा आएको छ । बाटोमा रोकिएका स्याउ बोकेका ट्रक कर्णाली राजमार्गको दहीखोला, गगनेखोला र मेयरखोलामा गएको पहिरोका कारण अवरुद्ध राजमार्ग खुलेसँगै जुम्लादेखि स्याउ बोकेका ट्रक अघि बढेका छन् । राजमार्गको कालीकोट खण्ड आइतबार बिहानै खुले पनि दैलेख खण्डको पहिरो पन्छाउने काम […]

सम्बन्धित शीर्षक