डुङ्गेश्वरमा बन्यो कर्णालीको दोस्रो गाउँ युवा परिषद

  ।   ५ असार २०८१, मंगलवार १४:१४

दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले स्थानीय युवा परिषद गठन गरेको छ । डुङ्गेश्वर गाउँपालिका कर्णाली प्रदेशका ७९ वटा स्थानीय तहमध्ये स्थानीय युवा परिषद गठन गर्ने दोस्रो स्थानीय तह बनेको हो ।

सबैभन्दा पहिलो भगवतीमाई गाउँ कार्यपालिका स्थानीय युवा परिषद गठन गरेको थियो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २० मा दिईएको अधिकार उपयोग गरी डुङ्गेश्वर गाउँ कार्यपालिकाले स्थानीय युवा परिषद गठनसम्बन्धि कार्यविधि तयार पारेको छ ।

स्थानीय सरकार संचालन ऎन,२०७४ को दफा १०२ उपदफा ९२०को अधिकार प्रयोग गरि डुङ्गेश्वर गाउँपालिका गाउँ कार्यपालिकाको मिति २०७९असार ०२ को बैठक बाट पारित भएको ूडुङ्गेश्वर गाउँपालिका गाउँ युवा परिषद् कार्यबिधी २०८१असार ०२ गते बसेको कार्यपालिकाको बैठकले
कार्यविधिको नियम ५ को उपनियम १ ९ख० बमोजिम यही असार २ गते गाउँ युवा परिषद गठन गरेको हो । डुङ्गेश्वर गाउँ युवा परिषदको कार्यकारी उपाध्यक्षमा महेश बहादुर बुढालाई मनोनित गरिएको छ ।

निरन्तर युवाको क्षेत्रमा काम गर्दै आईरहेको कामहरुको उच्च मुल्यांकन गरि , युवाको लागि केही गर्न सक्ने योग्य युवा ठानी डुङ्गेश्वर गाउँपालिका ( गाउँ युवा परिषद् ू को कार्यकारी उपाध्यक्षमा महेश बहादुर बुढालाई मनोनीत गरेको हो ।

गाउँपालिकाले गठन गरेको युवा परिषदको पूर्ण समिति १३ सदस्यीय रहने व्यवस्था कार्यविधिमा गरिएको छ ।

गाउँपालिका अध्यक्ष परिषदको अध्यक्ष रहने, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा गरिएको छ। परिषदका पदाधिकारी तथा सदस्यहरुको पदावधि चार वर्षको रहनेछ । यस्तै परिषदका ६ सदस्यीय कार्यकारी सदस्य रहने व्यवस्था कार्यविधिले गरेको छ ।

कार्यविधिमा उपाध्यक्ष गाउँ कार्यपालिकाले मनोनयन गर्ने, परिषदका पदेन सदस्यबाहेकका सदस्यहरुबाट कम्तिमा एक जना महिला रहनेगरी युवा परिषदबाटै तीन जना सदस्य मनोनयन गर्ने व्यवस्था गरिएको छ।

गाउँपालिकाले युवा सम्बन्धी दीर्घकालीन नीति तर्जुमा गरी पालिकालाई सिफारिस गर्ने, पालिकाबाट स्वीकृत नीतिको अधिनमा रही युवासम्बन्धि योजना तथा कार्यक्रम बनाउने, पालिकास्तरमा युवा जागरण, सशक्तिकरण, युवा परिचालन, नेतृत्व विकास, सीप विकास, उद्यमशीलता, युवा स्वयंसेवक परिचालन गर्ने, युवाका क्षेत्रमा काम गर्न रास्ट्रिय युवा परिषद, प्रदेश युवा परिषद, जिल्ला युवा समिति लगायतका निकायसँग समन्वय गर्ने लगायतका काम, कर्तव्य र अधिकार गाउँ युवा परिषदलाई तोकेको अध्यक्ष सुन्दर कुमार केसीले बताउनु भयोयको छ ।

Next Post

एसइईको नतिजा एक साताभित्रमा सार्वजनिक हुने

५ असार २०८१, मंगलवार १४:१४
काठमाडौं। यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा एक साताभित्रमा सार्वजनिक हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनअघिको तयारीका लागि ९९ जना कर्मचारीले काम गरिरहेका छन् । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) नन्दलाल पौडेलले उत्तरपुस्तिका परीक्षणबाट तयार भएको परीक्षाको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्टी गरेर रुजु गर्ने काम भइरहेको जानकारी […]