आगाेमा परि बाबू छाेरि घाईते ।

  ।   २ चैत्र २०८०, शुक्रबार २१:३७

कालीकोट / वनमा लागेको आगोमा परेर ५० बर्षिय बाबु र ११ बर्षिय छोरी घाइते भएका छन्।

शुक्रबार दिउँसो वनमा लागेको आगोमा परि खाँडाचक्र नगरपालिका ०५ निवासी नन्दलाल चौलागाईं र उनको छोरी हेमन्ती जलेर गम्भीर घाइते भएको स्थानीय बिष्णुभक्त उपाध्ययले बताए ।

जिल्लाको खाँडाचक्र नगरपालिका-५ को नवदुर्गा सामुदायिक वनमा दिउँसो लागेको आगोमा परि बाख्रा चराउन गएका बाबु छोरी जलेर घाइते भएका हुन्।

घाइते बाबु छोरीलाई उद्धार गरी जिल्ला अस्पताल कालीकोटमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख तथा सूचना अधिकारी पोषण थापाले बताए।

आगोमा परी घाइते भएका बाबु छोरीलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोटमा उपचार सम्भव नभएपछि उनीहरूलाई जुम्ला रिफर गरिएको जिल्ला अस्पताल कालीकोटका कार्यालय प्रमुख डा. संकेत विश्वकर्माले बताए।

दिउँसो वनमा बाख्रा चराउन गएका बेला लागेको आगोले १५ वटा बाख्रा जलेर मरेका छन्। गाउँतिर आउँदै गरेको आगोलाई नेपाल प्रहरी र स्थानीयले नियन्त्रणमा लिएका छन्।

Next Post

पेट्रोलियम पदार्थको मूल्य घट्यो

२ चैत्र २०८०, शुक्रबार २१:३७
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले शुक्रबार पेट्रोल र डिजेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमले शुक्रबार मध्यरातदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर १ डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको हो। जसअनुसार पहिलो वर्ग अन्तरगर्त […]