प्रदेश अस्पतालको छानबिन गर्न : राप्रपा केन्द्रीय सदस्यको माग

  ।   ११ आश्विन २०८१, शुक्रबार १६:०९
{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":[],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{"transform":2,"square_fit":1},"is_sticker":false,"edited_since_last_sticker_save":true,"containsFTESticker":false}

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य रवि किरण हमालले कर्णाली प्रदेश अस्पतालको छानबिन गर्न माग गरेका छन् ।

कर्णाली प्रदेश सरकारलाई संसदीय छानबिन समिति बनाएर अस्पतालमा भएको लापरबाही र अनियमितता छानबिन गर्न आग्रह गरेका छन् ।

कर्णाली प्रदेश अस्पतालमा २०८० चैत्र २९ गते भिमा गुरुङको सामान्य पेट दुखेर उपचार गर्न पुगेको केही समयमा मृत्यु भएको घटना, २०८१ श्वावन २५ , शुक्रबार अभिलाषा जिसी
पिसाब परीक्षणको नमुना दिँदा दिसाको समेत रिपोर्ट दिएको घटना र हालसालै असोज ७ गते शर्मिला कुमालको उपचारका क्रममा मृत्यु भएको घटना बारम्बार दोहरिनु निकै गम्भीर र संवेदनशिल विषय भएको किरणले दाबी गरेका छन् ।

प्रदेश अस्पतालमा गएका बिरामीलाई सिधै नीजि अस्पताल जाउ भनेर पठाउने काम दिनहुँ भैरहेको र प्रदेश अस्पतालका मेसु देखी सिनियर डाक्टरले आआफ्ना नीजि क्लिनिकरअस्पताल खोलेका कारण जनताको अस्पताल अस्तव्यस्त बनाउने षडयन्त्र रहेको उल्लेख गरेका छन् ।

नीजि क्लिनिक खोल्न पाउनु उहाँहरुको अधिकार भएपनि सार्वजनिक संस्थालाई बद्नाम, अविश्वसनीय र अस्तव्यस्त बनाएर आफ्ना नीजि अस्पताललाई सिन्डिकेट जस्तो गरि स्थापित गर्ने कुरा कर्णालीका जनताले अब सहेर नबस्ने भन्दै चेतावनी समेत दिएका छन् ।

उनले लेखेका छन् ञञजनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने मौलिक हक हो , त्यसको प्रत्याभूति हुनुपर्छ र मौलिक हक कार्यान्वयन गर्नु सरकारको प्रमुख दायित्व हो । मौलिक हक कार्यान्वयनमा अवरोध गर्नेलाई कानुनी कठघरामा उभ्याएर छोड्नुपर्छ ।

Next Post

अभिरल वर्षाले देशभरि ३० जनाको मृत्यु ११ जना बेपत्ता

११ आश्विन २०८१, शुक्रबार १६:०९
काठमाडौँ । अविरल वर्षाका कारण सिर्जित विपत्तिमा परी देशका विभिन्न भागमा ३० जनाको मृत्यु भएको छ भने ११ जना बेपत्ता भएका छन् । काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्रै २१ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपालले विपद् प्रतिकार्यका लागि एक हजार नौ सय ४७ सुरक्षाकर्मी परिचालन गरेको छ […]