एकीकृत समाजवादी सुर्खेतको अध्यक्षमा खत्री सहित ६२ जनाको कार्य समिति चयन

  ।   १५ पुष २०८१, सोमबार १९:२९

सुर्खेत । नेकपा एकीकृत समाजवादी पार्टी सुर्खेत जिल्लाको ८ औं जिल्ला अधिवेशनको बन्द सत्रबाट ६२ जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरिएको छ ।

अध्यक्षमा खड्ग वहादुर खत्री, उपाध्यक्ष कुमार ढकाल, गोविन्द शाही, सचिव कृष्णप्रसाद सुवेदी , उपसचिव गौमाया वली, बालकृष्ण खत्री, लालसिं सुनार लगायत ६२ जनाको कमिटी सर्वसम्मत चयन गरिएको हो ।

बन्दसत्रका अध्यक्षमण्डलका अध्यक्ष केदार कुमार कंडेलको अध्यक्षतामा वन्दसत्र तथा सपथ ग्रहणको कार्यक्रम समेत भएको छ ।

सोमबार बिरेन्द्रनगरमा उद्घाटन भएको अधिवेशन समारोहमा केन्द्रिय कमिटी सचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रमुख अथिती चन्द्र बहादुर शाही द्वारा उद्घाटन भएको हो ।

अधिबेशन पार्टीको पौष १३ गतेदेखि १५ गते साझ सम्पन्न भएको छ । अधिबेशन टोपबहादुर राष्कोटिको सभा अध्यक्षमा पोलिटव्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज हस्त बहादुर शाही ,केन्द्रिय कमिटी सदस्य तथा सुर्खेत जिल्ला इन्चार्ज केदार कुमार कडेल , केन्द्रिय कमिटी सदस्य तथा जुम्ला जिल्ला इन्चार्ज तिर्थ बहादुर बुढा , केन्द्रिय कमिटी सदस्य तथा प्रदेश महिला फाट इन्चार्ज नन्दा शर्मा चपाई ,केन्द्रिय कमिटी सदस्य तथा सुर्खेत जिल्ला सह इन्चार्ज बसन्त कुमार विश्वकर्मा , केन्द्रिय कमिटी सदस्य जंग बहादुर राना , कर्णाली प्रदेश कामिटी अध्यक्ष ठगेन्द्र प्रकाश पुरी , पुर्व केन्द्रिय कमिटी सदस्य शिभ प्रसाद उपाध्याय ,कुलदिप भट्ट पुर्व जेष्ठ कम्युनिस्ट मञ्च सदस्य हरिकला नेपाली प्रदेश कमिटी सचीव धिर बहादुर बिष्ट उप सचीव धन कुमारी जिसि अन्य प्रदेश कमिटी सदस्य लगाएतको उपस्थितिमा सो कार्यक्रम भएको हो ।

अधिबेशन कार्यक्रम १३ गते साझबाट बन्द सत्रमा प्रवेश गरिएको सो कार्यक्रम सुर्खेत जिल्ला कमिटी सचीव वीर बहादुर रावत भोटेले संचालन गर्नुभएको हो ।

Next Post

कर्णालीमा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थाल्यो

१५ पुष २०८१, सोमबार १९:२९
सुर्खेत । कर्णालीका विभिन्न जिल्लामा उत्पादन भएको अदुवा युरोपसम्म पुग्न थालेको छ । युरोपबाट माग आएपछि किसानले अदुवासँगै बेसार पनि विदेश निर्यात गर्न थालेका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका कालिदमारमा रहेको ‘द अर्गानिक भ्याली’ ले किसानबाट खरिद गरेको अदुवा र बेसारलाई प्रशोधन गरेर युरोपसम्म निर्यात गरिरहेको छ । उद्योगका अनुसार […]