कर्णाली प्रदेशको प्रथम अधिवेशबाट प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित

  ।   २९ कार्तिक २०८१, बिहीबार ०७:२०

सुर्खेत। नेकपा (एकीकृत समाजवादी) पार्टी कर्णाली प्रदेशको प्रथम अधिवेशबाट प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरिएको छ।

कार्तिक २६ गते पार्टी अध्यक्ष माधवकुमार नेपालद्वारा उद्घाटन गरिएको अधिवेशनको बन्द शत्रले अध्यक्षमा ठगेन्द्र प्रकाश पुरी, सचिवमा धिर बहादुर बिष्ट , उप सचिवमा धना जिसी(शाही) सहित १ सय २४ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

कर्णाली प्रदेश प्रथम अधिवेशनमा जम्मा ५ सय २ जना प्रतिनिधि कर्णलीका १० जिल्लाबाट सहभागि भएका थिए । कर्णालीका २४ वटै प्रदेश निर्वाचन क्षेत्रबाट छनोट गरी जसअनुसार सुर्खेत १७, दैलेख ३०, कालिकोट ४१, मुगु ४१, डोल्पा २८, जाजरकोट २९ , रुकुम पश्चिम १८, सल्यान ४९, जुम्ला, ३८ , हुम्लामा १३, गरी जम्मा ३ सय ४ जना प्रतिनिधिहरू निर्वाचित भएका हुन ।

त्यसैगरी पार्टीको प्रदेश सम्पर्क मञ्च र प्रदेशस्तरीय कमिटी भएका हरेक जनसङ्गठनहरूबाट निर्धारण गरे बमोजिम १८ जना प्रतिनिधि निर्वाचित भएकाहुन । यसरी छनोट भएका प्रतिनिधिहरूमध्ये समावेशी तर्फ महिला १२८, दलित ६५, जनजाति ५१ र अन्य ३३१ गरी जम्मा ५०२ जना प्रतिनिधि अधिवेशनमा सहभागी भएको केन्दीय सदस्य बसन्त विश्वकर्माले बताउनुभयो ।

वरिष्ठ केन्द्रीय उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा जारी बन्द शत्रमा केन्द्रीय कमिटी सचिव चन्द्रबहादुर शाहीको अध्यक्षतामा गठित अध्यक्ष मण्डलको विशेष भूमिकामा नयाँ नेतृत्व चयनसहित अधिवेशन दुई दिनमै सम्पन्न भएको हो।

छनोट गरियका एक सय ४१ जना मध्य उपाध्यक्ष २ जना र उपसचिव २ गरि ४ जना मनोनित हुन बाँकि रहेको केन्दीय सदस्य विश्वकर्माले बताउनुभयो ।

प्रदेश कमिटी सर्वसम्मत रुपमा निर्वाचितको पुरा विवरण :

 

प्रेस

Next Post

सिंजामा निशुल्क: कान शिविरबाट २५९ जना लाभान्वित

२९ कार्तिक २०८१, बिहीबार ०७:२०
जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट दुई सय ५९ जना मानिस लाभान्वित भएका छन् । सिञ्जा गाउँपालिकाको आयोजनामा भएको शिविर प्राविधिक सहयोग भने नेपालगञ्जस्थित विएन अस्पतालले गरेको थियो । प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय […]