जुम्ला । सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा सञ्चालन भएको एकदिने कानसम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरबाट दुई सय ५९ जना मानिस लाभान्वित भएका छन् ।
सिञ्जा गाउँपालिकाको आयोजनामा भएको शिविर प्राविधिक सहयोग भने नेपालगञ्जस्थित विएन अस्पतालले गरेको थियो ।
प्राविधिक सहयोगमा बुधबार सम्पन्न शिविरमा एक सय ३६ पुरुष लाभान्वित भएका छन् भने एक सय २३ जना महिला सहित दुई सय ५९ जना उक्त शिविरबाट लाभान्वित भएको सामाजिक अभियान्ता विवेन्द्र नेपालीले जानकारी दिए ।