कर्णाली खेलकुद परिषद्को सदस्य–सचिवमा रविन्द्र चन्द नियुक्त

  ।   १२ चैत्र २०८२, बिहीबार १०:२५

सुर्खेत । कर्णाली प्रदेश सरकारले खेलकुद क्षेत्रको नेतृत्व सुदृढ गर्ने उद्देश्यसहित रविन्द्र चन्दलाई कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य–सचिवमा नियुक्त गरेको छ।

बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले चन्दलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो। सदस्य–सचिव पदका लागि प्रतिस्पर्धात्मक प्रक्रियामार्फत छनोट गरिएको थियो।

यसअघि गठित छनोट समितिले माघ ३ गते उम्मेदवारहरूको अन्तर्वार्ता लिई तीन जनाको नाम सिफारिस गरेको थियो। सिफारिस सूचीमा रविन्द्र चन्दसँगै दीपक हमाल र प्रमोद हमाल रहेका थिए।

मूल्यांकनका आधारमा रविन्द्र चन्द सबैभन्दा अगाडि रहेका थिए। उनले ६७.१७ अंक प्राप्त गरेका थिए भने दीपक हमालले ६०.६३ र प्रमोद हमालले ५२.३७ अंक ल्याएका थिए।

उच्च अंकका आधारमा चन्दलाई अन्ततः सदस्य–सचिवमा नियुक्त गरिएको हो। उनीबाट कर्णाली प्रदेशमा खेलकुद विकास र व्यवस्थापनमा सकारात्मक योगदान हुने अपेक्षा गरिएको छ।

Next Post

ओली निवासबाटै नियन्त्रणमा, पूर्व गृहमन्त्री लेखक पनि पक्राउ

१२ चैत्र २०८२, बिहीबार १०:२५
काठमाडौं । केपी शर्मा ओलीलाई प्रहरीले शनिबार बिहान पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित निवासबाट बिहान करिब ५ बजे पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख सूर्यबहादुर खड्काका अनुसार पक्राउपछि ओलीलाई काठमाडौँ लगिएको छ। यसैक्रममा, ओली नेतृत्वको तत्कालीन सरकारका गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले […]