एकता नै गर्भिलो शक्ति हो : नेविसंघ कालिकोट अध्यक्ष शाहि

  ।   २७ पुष २०८२, आईतवार ०८:१९

कालिकोट। राष्ट्रिय एकता दिवस देशले भोग्दै आएका अनिश्चितता, विभाजन र प्रतिशोधका भावहरूलाई न्यून गर्दै आपसी समझदारी र सहकार्यको पुलका रूपमा स्थापित हुने विश्वास व्यक्त गरिएको छ। एकता नै सबै परिवर्तनको मूल आधार र गर्भिलो शक्ति भएको उल्लेख गरिएको छ।

नेपाल विद्यार्थी संघ कालिकोटका अध्यक्ष दीर्घ बहादुर शाहिले राष्ट्रिय एकता दिवस वर्तमान विषम परिस्थितिका गह्रौँ चुनौतीहरूको सामना गर्न सक्षम साझा र दिव्य शक्तिको रूपमा उभिने बताए। “विचार, धार र यात्रामा फरक अनुभूति भए पनि एकताले सबैलाई एउटै गन्तव्यतर्फ डोर्याउँछ,” उनले भने, “एकता नै गर्भिलो शक्ति हो, जसले राष्ट्रलाई आत्मविश्वास र स्थायित्व दिन्छ।” उनका अनुसार यही गर्भिलो एकताको भावनासहित काँग्रेस पार्टीले राष्ट्रिय एकता दिवसलाई कोशेढुंगा बनाउँदै आफूलाई मध्यमार्गी, समावेशी र जिम्मेवार राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्नेछ भन्ने अपेक्षा आम कार्यकर्तामा रहेको छ।

“एकताको सुदृढ आधारमा उभिएको राजनीति नै पार्टी र मुलुक दुवैको भविष्य फराकिलो बनाउने मार्ग हो,” उनले स्पष्ट पारे, “यसबाट राष्ट्रिय स्वाभिमान पनि अझ अग्लो हुनेछ।”

उनले विगतका अप्ठ्यारा अनुभवहरूलाई समयको स्वाभाविक भाग मानेर त्यसबाट सिक्दै वर्तमानको दृढतापूर्वक सामना गर्नु आजको आवश्यकता रहेको बताए। वर्तमान प्रयत्नलाई निकट र दीर्घकालीन भविष्यसँग जोड्दै अघि बढ्नु नै अहिलेको महान शक्ति भएको उनको भनाइ छ।

अध्यक्षले संवाद, मित्रता र दौँतरीको माध्यमबाट सबै खालका तिता अनुभवहरूलाई समाप्त गर्दै राष्ट्रिय एकताको भावनालाई अझ मजबुत बनाउन सबैलाई आह्वान गरे।

Next Post

बिरेन्द्रनगरमा अन्तरपालिका कर्मचारी क्रिकेट प्रतियोगिता सुरु

२७ पुष २०८२, आईतवार ०८:१९
मुख्यमन्त्री कडेलद्वारा उद्घाटन, कर्णालीका १० जिल्लाका कर्मचारी खेलाडीबीच प्रतिस्पर्धा सुर्खेत । स्थानीय कर्मचारी सेवा सञ्जालको आयोजनामा तथा स्थानीय तह कर्मचारी युनियन नेपाल र कर्णाली प्रदेश क्रिकेट संघ नेपालको समन्वयमा बिरेन्द्रनगरमा अन्तरपालिका कर्मचारी क्रिकेट प्रतियोगिता सुरु भएको छ। माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल […]