आज यि देशका तिन प्रदेशमा भारी वर्षा हुदैँ

  ।   १८ श्रावण २०८१, शुक्रबार ०७:३८
Transparent umbrella under rain against water drops splash background. Rainy weather concept.

काठमाडौं । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी प्रदेशको थोरै स्थानहरु साथै कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान अनुसार रातीː देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा मधेश, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा भैरहेको छ ।

Next Post

रारागाउँमा ४ करोडको लागतमा खानेपानी आयोजना निर्माण सुरु

१८ श्रावण २०८१, शुक्रबार ०७:३८
जुम्ला । जुम्लामा चार करोडको लागतमा खानेपानी आयोजना निर्माण गरिने भएको छ । तिला गाउँपालिका–१ रारागाउँमा गत आर्थिक वर्षमा पालिकाले ६ करोडको ठेक्का आह्वान गरेकामा चार करोडमा निर्माण कम्पनी शिवदेउती सुलोचना बजु जेभीसँग सम्झौता भएको छ । सो काम तीन वर्षभित्रमा आयोजना पूरा हुनेछ । पहिलो चरणमा आयोजनाका निम्ति आवश्यक […]

सम्बन्धित शीर्षक