१८ दिनदेखि गर्दै आएको दलित अधिकारका लागि एकीकृत आन्दोलन स्थगित

  ।   २० पुष २०८१, शनिबार ११:०४

सुर्खेत । कर्णाली प्रदेश सभामा विगत ६ बर्षदेखि अलपत्र अवस्थामा रहेको दलित विधेयक यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय भएको छ । शुक्रबार बसेको प्रदेशसभा अन्तर्गत सामाजिक विकास समितिको बैठकले उक्त विधेयकलाई तत्काल समितिमा छलफल गरी अगाडि बढाउने निर्णय गरेको हो ।

हाल कर्णाली प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भइ बैठक सञ्चालन नभएको अवस्थामा सभाको अधिवेशन सुचारु भएर समितिले पूर्णता पाए पश्चात् दलित समुदायको सशक्तीकरण र जीवनस्तर प्रवद्र्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक यथाशीघ्र समितिमा छलफल गरी अगाडि बढाउने निर्णय गरिएको जनाइएको छ ।

सामाजिक विकास समिति सभापतिविहीन रहेकाले समितिका ज्येष्ठ सदस्य पूर्णबहादुर खत्रीको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा केही समयदेखि आन्दोलनमा रहेका दलित समुदायका व्यक्तिहरूलाई समेत उपस्थित गराइएको थियो ।

बैठक लगत्तै विगत १८ दिनदेखि गर्दै आएको दलित अधिकारका लागि एकीकृत आन्दोलन स्थगित भएको छ । दलित अधिकारकर्मी गम्भीरसिं भुलले आन्दोलन स्थगित गरिएको जानकारी दिए । विगत १८ दिनदेखि दलित समुदायका व्यक्तिहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि चाँडो विधेयक पास गर्नुपर्ने मागसहित धर्ना दिएका थिए ।

 

Next Post

जुम्लाको तातोपानिमा भरिभराउ हुँदा स्नान गर्न समस्या

२० पुष २०८१, शनिबार ११:०४
जुम्ला । सुन्दर पर्यटकिय स्थल रारातालमा पुग्ने धेरै जसो पर्यटक जुम्लाको तातोपानि पनि पुग्ने गरेका छन् । जिल्लाको तातोपानि गाउँपालिकामा स्नान गर्न छिमेकि जिल्लासंगै देशभरका नागरिक त्यहाँसम्म पुग्ने गरेका छन् । तातोपानिमा छ वटा धारा रहेको गाउँपालिकामा बाहै्र महिना तातोपानि आउने गर्छ । त्यहाँ स्नान गरेमा बाथ रोगलगायत शरिरमा भएका […]