कालिकोट । महावै गाउँपालिकामा सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्वार गरिएको छ । महावै आधारभुत अस्पतालबाट एक महिलाको सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्वार गरिएको हो ।
महावै गाउँपालिकाको वडा नं. ४ की २३ वर्षीय लालशोभा सिंह थापाको हेलिकप्टर मार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेतमा पुर्याइएको छ। आधारभूत अस्पतालमा सुत्केरी हुन नसकेपछि थापाको अवस्था जटिल बन्दै गएको थियो। त्यसपछि राष्ट्रपति सुत्केरी महिला उद्धार कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय कालिकोट र महाबै गाउँपालिकाको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार भएको हो।
थापाको अहिले प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। यस उद्धारले दुर्गम क्षेत्रमा गर्भवती तथा सुत्केरी महिलाका लागि थप स्वास्थ्य सेवाको पहुँच र सहयोगप्रति आशा जागेको छ।