अपडेट

सल्यानमा बस दुर्घटना हुँदा पाँच जना घाइते

  ।   १२ बैशाख २०८२, शुक्रबार १६:५०

सल्यान । रुकुम पश्चिमको नुवाकोटबाट छुटेको बस सल्यानमा दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

शुक्रबार बिहान सल्यानको बागचौर नगरपालिका ५ को खालबोटमा लु २ ख ६२७१ नम्बरको हाउस गाडी दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ ।

घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिए।

Next Post

कर्णालीमा ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने

१२ बैशाख २०८२, शुक्रबार १६:५०
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘मुख्यमन्त्री रोजगार कार्यक्रम’ लाई उत्पादनसँग जोड्ने भएको छ । उत्पादनसँग जोडेर कार्यान्वयन गर्दा प्रभावकारी हुने भएपछि सरकारले रोजगार कार्यक्रमलाई उत्पादनसँग जोड्ने भएको हो । सरकारले नयाँ कार्यविधि निर्माण गरेर मुख्यमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जनसहित कार्यान्वयन गर्न लागेको छ । कर्णाली रोजगार कार्यक्रम कार्यविधि–२०८१ स्वीकृति भएको छ । गत शुक्रबार बसेको […]