अपडेट

जाजरकोटमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

  ।   २६ श्रावण २०८२, सोमबार ११:५५

जाजरकोट। भेरी नगरपालिका–१ डौँरीकाँडाका २८ वर्षीय सुनिल चनाराको एम्बुलेन्स दुर्घटनामा मृत्यु भएको छ।

जिल्ला प्रहरी प्रमुख डिएसपी बसन्त शर्माका अनुसार भे १ च २२४७ नम्बरको एम्बुलेन्स कल्लेबाट मैदेतर्फ जाँदै गर्दा मध्यरातमा भेरी नगरपालिका–१ कोलचौर नजिकै कल्ले खोलामा खसेको थियो।

दुर्घटनाबारे प्रहरीलाई बिहान ८ बजेपछि मात्र सूचना आएको र प्रहरी निरीक्षक हरिराम डाँगीको टोली घटनास्थल पुगेको प्रहरीले जनाएको छ।

Next Post

कालीकोटमा पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

२६ श्रावण २०८२, सोमबार ११:५५
कालीकोट । सोमबार बिहान ७:३० बजे गएको पहिरोका कारण कर्णाली राजमार्गको मान्म–बिहानी सडक खण्ड तीन घण्टादेखि अवरुद्ध भएको छ। खाँडाचक्र नगरपालिका–५ बिहानी छरेगाडमा पहिरो गएपछि जुम्ला र मुगुतर्फका सवारी साधन रोकिएका छन्। जिल्ला प्रहरी प्रमुख टेक बहादुर रावतका अनुसार रातिदेखि परेको वर्षापछि पहिरो खसेको हो। पिलिबाट ल्याइएको जेसीभीले पहिरो हटाउने […]

सम्बन्धित शीर्षक