कालिकोट । कर्णाली जेसिज कालिकोटको आयोजनामा नेपाल जेसीजको क्षेत्र ‘घ’ राष्ट्रिय अध्यक्ष भेला शनिबार कालिकोटमा सुरु भएको छ ।
नेपाल जेसीजको क्षेत्र ‘घ’ भेला कर्णाली प्रदेशका उद्योग, प्रर्यटन , वन तथा वातावरण मन्त्री दुर्ग बहादुर रावतले उद्घाटन गरेका हुन् ।
कार्यक्रमको उद्घाटन् गर्दै मन्त्री मन्त्री रावतले कालिकोट जिल्लामा जेसीजका युवाहरुको भेला हेर्दा र देख्दा निकै खुशी भएको भन्दै शासन व्यक्तिको नभई बिधिको हुनुपर्ने कुरा सबैमा लागुहुनु पर्ने बताउनु भयो ।
अध्यन गरेर हेर्दा जेसिज नेपालमा मात्र नभयर धेरै देशमा भएको हुँदा नेपालमा अहिले पनि हाम्रा सोच, बिचार, चिन्तन हिजकै भएको बताउँदै उनले भने–‘अब आफुले आफैलाई परिवर्तन गर्नुपर्ने बेला आएको छ । हामीसँग र कर्णालीमा सबै थोक हँदाहुँदै पनि किन परिवर्तन गर्न सकिएनत रु यसमा बिचार गरेर अब सबै नागरिक उत्पादन संग जोडिएमा मात्र समृद्धी संभव रहेको बताउनुभयो ।’
कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष रबिन पोख्रेलले कर्णाली प्रदेशको कालिकोट जिल्ला बिकट भन्नुहुन्छ तर आफू थुप्रै ठाउँमा पुग्दा आफुले कालिकोटलाई भौगोलिक हिसाबले नभई अन्य हिसाबले भरिपुर्ण रहेको बताउनु भयो ।
कार्यक्रममा कालिकोटका राजनीतिक दलका प्रतिनिधि लगाएतले मन्तव्य राखेका थिए ।
समापन कार्यक्रममा कर्णाली जेसिज कालिकोटका अध्यक्ष जेसि गणेशमान पाण्डेले निकै योगदान समकालीनहरुको सहयोगले कालिकोटमा कार्यक्रम गर्न सफल भएको बताउनु भयो ।
सम्मेलनमा क्षेत्र ‘घ’ का ३१ वटा शाखाका करिब १ सय ५० युवासहित नेपाल जेसीज र अन्य शाखाका गरी कम्तिमा ४ सय भन्दा बढि युवाको कालिकोटमा उपस्थिति रहेको छ ।
कार्यक्रम नेपाल जेसीज क्षेत्र ‘घ’ कि सीता कुमारी भण्डारीको सभा अध्यक्षतामा भएको हो ।सो कार्यक्रमको संचालन अन्तरास्ट्रिय मामिलामा आयोग सदस्य तथा कर्णाली जेसिज बर्ष २०२१ का अध्यक्ष लक्ष्मण कुमार शाही गर्नुभएको हो ।