काठमाडौँ । नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी हुने भएको छ । नेकपा एमाले(माओवादी केन्द्र) रास्वपा सहितको गठबन्धन सरकारमा सहभागी हुने भएको हो ।
गठबन्धन सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा छलफल गर्न आज बसेको सचिवालय बैठकले सरकारमा जाने निर्णय गरेको हो । यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाललाई जिम्मा दिएको छ ।
प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार आर्थिक संकटको समाधान गर्दै रोजगारी सिर्जना, सुशासन, भ्रष्टाचार नियन्त्रण, सन्तुलित परराष्ट्र नीति लगायतका विषयमा प्रधानमन्त्रीको जवाफ सुनेपछि खतिवडाले भने, थप निर्णय आज छलफल गर्न पठाएका छौं, प्रक्रिया कति लामो हुन्छ, उहाँहरुमा निर्भर हुन्छ ।’