देशकन नाम चिनाउन्या चडो छ हाम्मा गाउँमा: दिर्घ बहादुर शाहीको खस भाषामा गजल

  ।   २३ फाल्गुन २०८०, बुधबार २१:१८

दिर्घ बहादुर शाही कविको खस भाषामा गजल यसरी गुन्जिन्छ ।

मार्सी यार्सा टिमुर फल्या गडो छ हाम्मा गाउँमा
देशकन नाम चिनाउन्या चडो छ हाम्मा गाउँमा

आफ्ना गडा बाझा राखी उदै बाइजादो छ
तराई हरियो गर्न्या छहडो छ हाम्मा गाउँमा

कागुनो र चिनु फल्लो फापर अनि कोद्य्या
गहुँ जौ मकै झनै फल्या धडो छ हाम्मा गाउँमा

हेर्‍या पछी सुख्खा लाग्दा ती पहाडका ढुङ्गा
सिलाजित टप्लका चुइन्या पहडो छ हाम्मा गाउँमा

साठी नाघ्या एकसट्ठीका गाउँका बुढापाका
अझै पनि कुन्टल बोक्न्या तडो छ हाम्मा गाउँमा

दिर्घ बहादुर शाही कवि                                                      खाँडाचक्र नगरपालिका वडा न. ५ घोडेना,कालिकोट 

Next Post

लुटेराको कुटपिटबाट १ जनाको मृत्यु

२३ फाल्गुन २०८०, बुधबार २१:१८
सुर्खेत । बुधबार राती बाँकेमा चोरी गर्ने उदेश्यले घरभित्र पसेका लुटेराको कुटपिटबाट एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको नजिकै रहेको जानकी गाउँपालिका ५ रुद्रपुर नयाँ बस्ती निवासी सन्तोष थारुको घरमा बुधवार राती करिब १ बजे पाँच सात जनाको समूहमा चोरी गर्ने उद्देश्यले छिरेका लुटेराहरुले कुटपिट गरेपछि गम्भीर […]