वडाध्यक्षविरुद्ध मृत्यु भएकाव्यक्तिको वृद्धभत्ता खाइदिएको आरोपमा भ्रष्टाचार मुद्दा

  ।   १ चैत्र २०८०, बिहीबार ०६:४८

सुर्खेत । सल्यानको सारदा नगरपालिकामा मृत्यु भएका व्यक्तिको वडा अध्यक्षले वृद्धभत्ता खाइदिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सारदा नगरपालिका वडा नं. ३ का तत्कालिन वडाध्यक्ष टोपबहादुर थापाविरुद्ध सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको आरोपमा बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

थापाले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को प्रथम, दोस्रो र तेस्रो किस्ता, आर्थिक वर्ष २०७६/०७७ को प्रथम किस्ताको पहिलो महिनासम्मको गरी ५१ हजार सामाजिक सुरक्षा भत्ता वापतको रकम आमा नाता जनाई भुक्तानी लिइ सरकारी रकम हिनामिना गरेको आयोगले ठहर गरेको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१)को खण्ड (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

Next Post

जग्गा छनौटमा ढिलाइ हुँदा विद्युत भवन निर्माण अलपत्र

१ चैत्र २०८०, बिहीबार ०६:४८
कालिकोट । नेपाल विद्युत प्राधिकरण कालीकोटको भवन निर्माण अलपत्र परेको छ । जग्गा छनोटमा ढिलाइ हुँदा कालिकोटको विद्युत भवन निर्माणमा समस्या देखिएको हो । यस अघि २०७६ मा भवन निर्माणका लागि जग्गा खरिद गर्न एक करोड रुपैयाँ बजेट विनियोजन भएको थियो । राजनीति चलखेलले गर्दा जग्गा छनोटमा सहमति नहुँदा अहिलेसम्म […]