समाजवादी प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला शुरु

  ।   ४ फाल्गुन २०८१, आईतवार १७:३६

काठमाडौं । समाजवादी प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेला उद्घाटन भएको छ। जिम्मेवार पत्रकार , समाजवादकाे आधार भन्ने मुल नाराका साथ पार्टी अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नुभएको हो ।

प्रगतिशील तथा श्रमजीवी पत्रकारको सङ्गठनको नेतृत्वका केही पत्रकार संस्थाबाट बाहिरिएपछि आयोजना गरिएको भेलामा सातै प्रदेशका सङ्गठनसँग आबद्ध करिब दुई सय ५० पत्रकार सहभागी भएका छन्।

आइतबारको भेलाबाट अबको जिम्मेवारी, विधान संशोधन, पुरस्कार, सम्मान स्थापना, तालिम, प्रशिक्षण, सङ्गठनको लिपिबद्ध इतिहास लेखन आदि विषयमा छलफल हुने भएको छ। ‘अग्रजको सम्मानः युवालाई प्रोत्साहन’ भेलामा पेसागत महासङ्घ र अन्तरराष्ट्रिय पत्रकार सङ्गठनसँग आबद्धताबारे पनि निर्णय लिइने छ।

दोस्रो राष्ट्रिय भेला सङ्गठनका कार्यवाहक अध्यक्ष नवराज छत्कुलीका अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) पार्टी अध्यक्ष माधवकुमार नेपाल प्रमुख अथिती सम्मानित नेता झलनाथ खनाल विशेष अथिति, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे महासचिव घनश्याम भुषाल सङ्गठन सल्लाहकार पार्टी उप महासचीव  तथा सङ्गठन इन्चार्ज प्रकाश ज्वाला  लगाएत सङ्गठन पदाधिकारी तथा सदस्यको उपस्थितिमा कार्यक्रम भएको हो ।

संस्थालाई श्रमजीवी पत्रकारका समस्या, जनजीविका, राष्ट्रियताका विषय निरन्तर उठाउन तथा विद्यमान चुनौतीको मुकाबिला गर्दै समाजवाद प्राप्तिको अभियानमा दृढतापूर्वक पत्रकारिता गर्न आग्रह गर्ने गराउन तर्फ लागिने सहित भेला सुरु भएको हो।

Next Post

ग्यासबाट हुनसक्ने आगलागी सम्बन्धि कृतिम अभ्यास

४ फाल्गुन २०८१, आईतवार १७:३६
जुम्ला । चन्दननाथ नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जुम्लाद्वारा चन्दननाथ नगरपालिका ०५ मा ग्यासबाट हुनसक्ने आगलागी सम्बन्धि कृतिम अभ्यास गरेर सचेतनामूलक कार्यक्रम गरिएको छ । नेपाल प्रहरी,सशस्त्र बल प्रहरीले वडा ५ का बासिन्दाहरुलाई कृतिम अभ्यास गरेर सचेतना दिएका हुन । ग्यास पड्किन्छ भन्ने भ्रमलाई तोड्न र ग्यास लिक भएर घरमा […]