कर्णालीका मुख्यमन्त्री कँडेलले पदभार ग्रहण

  ।   २८ चैत्र २०८०, बुधबार १९:४१

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री यामलाल कँडेलले पदभार ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख परियारले कँडेललाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बुधबार पद तथा गोपनीयताको शपथ गराएपछी उनले पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दे उनले सरकार गठनको विषयमा छलफल भइरहेको बताएका छन् । ‘सरसल्लाहमा केही समय लाग्ने हुँदा ढिलाई भएको ,कँडेलले बताएका छन् ।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा कँडेललाई मंगलबार प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

Next Post

इस्लाम धर्मावलम्बीले मनाउने इद पर्व

२८ चैत्र २०८०, बुधबार १९:४१
काठमाडौँ । देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो । बुधबार चन्द्रमा नदेखिएकाले आज इद मनाउने निर्णय भएको मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले बताए । मुस्लिम धर्मअनुसार ‘रोजा’, ‘जकात’, ‘हज’, ‘नमाज’ र ‘कलमा’ गरी पाँच स्तम्भ […]