नन्दादेवी कोटवाडा स्ववियु निर्वाचन दुई प्यानल बीच प्रतिस्पर्धा

  ।   २८ फाल्गुन २०८१, बुधबार ०९:१४

कालिकोट । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि नन्दादेवी बहुमुखी क्याम्पस, कोटवाडामा स्ववियु निर्वाचनको दुई प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ ।

यसपटकको चैत ५ गते हुने निर्वाचनमा नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संघको संयुक्त गठबन्धन प्यानल एकातिर अखिल समाजवादी र नेपाल क्रान्तिकारी विद्यार्थी संघको संयुक्त प्यानल अर्को तर्फ प्यानल खडा गरि मनोनयन दर्ता गरेका छन ।

अखिल समाजवादी मोर्चा र नेपाल क्रान्तिकारी विद्यार्थी संघ दुवै संगठनको तर्फबाट सभापतिमा अखिल (क्रान्तिकारी) बाट यशोदा शाही लाई र नेपाल विद्यार्थी संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन संघको दुवै संगठनको तर्फबाट सभापतीमा तेज वहादुर दर्जि लाई अगाडी सारिएको छ ।

शाहीको प्यानलमा सचीवमा सागर सहकारी (अखिल समाजवादी) ,कोषाध्यक्षमा नवीन विष्ट ( अखिल क्रान्तिकारी ), सदस्यमा सञ्जिता बुढा , पवित्रा सहकारी , अस्मिता विक र जयन्ती विकको मनोनयन दर्ता भएको छ ।

दर्जिको प्यानलमा सचीवमा सुनिल कुमार सहकारी ९अनेरवुवियु०, कोषाध्यक्षमा सङिता कुमारी सहकारी (अनेरवुवियु),सदस्यमा ललिता बिष्ट (नेविसंघ) , स्वस्तिका कुमारी सहकारी (नेविसंघ) गंगा कुमारी बुढा (अनेरास्ववियु) लगाएतका उम्मेदवारहरुको नाम दर्ता भएको हो ।

शैक्षिक क्षेत्रमा देखापरेका विकृति, विसंगति र माफियाकरणको अन्त्य गर्ने, विज्ञान प्रविधिको चामत्कारिक विकासबाट लाभान्वित नभई ज्ञान संकुचित हुने वास्तविकतालाई हृदयंगम , शैक्षिक गतिविधि लगायतका गतिविधिहरूलाई कार्यान्वयन गर्न स्ववियुमा उम्मेदवार बनेका हुन ।

गुणस्तरीय, बैज्ञानिक, रोजगारमुलक र जीपनोपयोगी शिक्षाको व्यवस्था गर्ने कुरा स्ववियुमा जोडिन्छ आगामी निर्वाचन प्रस थुप्रै कुराहरूको नयाँ नेतृत्वले कार्यनयनगर्ने आस पलाएको छ ।

जनचेतना स्ववियु निर्वाचन दुई प्यानल बिच प्रतिस्पर्धा

सम्बन्धित शीर्षक