अपडेट

हुम्लाको चंखेलीमा जिप दुर्घटनास् तीन जनाको मृत्यु, छ घाइते

  ।   २४ आश्विन २०८२, शुक्रबार १६:५३

हुम्ला, असोज २४ – हुम्लाको चंखेली गाउँपालिकामा शुक्रबार बिहान एक जिप दुर्घटनामा परेपछि तीन जनाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय हुम्लाका अनुसार कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप पिप्लाङतर्फ जाँदै गर्दा बिहान करिब ११ बजे दुर्घटनामा परेको हो।

दुर्घटनामा परी बसन्ति बुढा, उनका छोरा तथा मानबिर बुढाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। तीनैजना चंखेली गाउँपालिकाका स्थानीय बासिन्दा हुन्।

घाइतेमध्ये कैलाश शिरा, बहादुर लामा, महेन्द्र रोकाया, हंश बुढा, पार्वती बुढा र बिमला बुढालाई प्रारम्भिक उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा लगिएको छ। केही घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बाहिर लैजाने तयारी भइरहेको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।

Next Post

खाँडाचक्र–४ मा प्रथम वडा स्तरीय खुला भलिबल प्रतियोगिता हुने

२४ आश्विन २०८२, शुक्रबार १६:५३
विशेष तिहार सन्देशसहित खेलकुदमा एकताको सन्देश कालीकोट। विशेष तिहार सन्देशसहित खेलकुदमार्फत समाजमा एकताको सन्देश फैलाउने उद्देश्यले खाँडाचक्र नगरपालिका–४, कालीकोटमा प्रथम वडा स्तरीय खुला भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। तिहारको उल्लासमय अवसरमा आयोजना हुने सो प्रतियोगिता २०८२ साल असोज ३० गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालन हुने आयोजकहरूले जनाएका छन्। प्रतियोगिता […]