तिला नदिमा पुल नहुदाँ नदि पारिका बासिन्दालाई बर्खामा ठुलो चिन्ता

  ।   ३१ जेष्ठ २०८२, शुक्रबार ०६:४३

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिकाको तिला नदिमा पुल नहुदाँ नदि पारिका बासिन्दालाई बर्खा लाग्नेबित्तिकै चिन्ता निकै बढ्ने गरेको छ ।

बर्खा लाग्नेबित्तिकै तिला नदीमा पानीको बहाब बढ्ने भएकाले सडक यात्रा पूर्ण रूपमा बन्द हुने गर्दछ । तिला नदीमा बनेको पक्की पुल बगाएको तीन वर्ष पुग्दै छ । २०७९ साल असोज २० देखि २४ गतेसम्म आएको हिउँदे वर्षाले पुल बगाएपछि फेरि पुल निर्माणका लागि कुनै पहल भएको छैन । हिउँदको समयमा पानीको मात्रा कम हुने भएकाले काठे पुलमार्फत गाडी, मोटरसाइकल चलाउने गरिएको छ तर बर्खा सुरु भएसँगै यी सबै बन्द हुने गर्छन् ।

अहिले काठको पुलसमेत बगाएपछि दुईतिर गाडी, मोटरसाइकल रोकिएका छन् । तिलागुफा नगरपालिका–९ का वडाध्यक्ष नरेन्द्रबहादुर रोकायाले भने, हाम्रा चिन्ता लिने दिन आइसकेका छन्, अब मङ्सिर पुससम्म गाडीको यात्रा गरेर सहर जाने बाटो बन्द भयो । पुल बगाएको तीन वर्ष पुग्दा पनि नबनाउँदा तिलागुफा नगरपालिकाको तीन वटा वडाका साथै सिङ्गो महाबै गाउँपालिकाका बासिन्दा यातायात सेवाबाट छ महिनासम्म वञ्चित हुने गरेका छन् ।

स्थानीय बिर्ख सुनार भन्छन् पुल बनाउन न नगरपालिकाले चासो लिएको छ, न त प्रदेश, सङ्घ सरकार कतैबाट पनि यहाँका नागरिकको समस्यामा चिन्ता नभएको बताएका छन । वडा नं. १० का वडाध्यक्ष मुनबहादुर थापाले नगरपालिकामा पटक पटक कुरा गर्दा पनि सुनुवाइ नभएको बताए । उनले भने, भनेर सुन्दैनन्, झगडा गरौँ सकिँदैन, बरु चुप लागेपछि ठिक भनेर आफू चुपचाप लागेको छु ।

Next Post

मुगुमा चट्याङ लागेर एकै किसानका १४ बाख्रा मरे

३१ जेष्ठ २०८२, शुक्रबार ०६:४३
मुगु । मुगुमा चट्याङ लागेर एकै किसानका १४ बाख्रा मरेका छन् ।विहिबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन् । भने चार वटा बाख्रा घाईते भएका छन् । एकै साथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु […]

सम्बन्धित शीर्षक