अपडेट

मुगुमा चट्याङ लागेर एकै किसानका १४ बाख्रा मरे

  ।   ३० जेष्ठ २०८२, शुक्रबार १४:१४

मुगु । मुगुमा चट्याङ लागेर एकै किसानका १४ बाख्रा मरेका छन् ।विहिबार दिउँसो चट्याङ लागेर छायाँनाथ रारा नगरपालिका वडा नं ८ झ्यारी गाउँका किसान देवचन्द्र रावलका १४ वटा बाख्रा मरेका हुन् । भने चार वटा बाख्रा घाईते भएका छन् ।

एकै साथ १४ बाख्रा मरेपछि देवचन्द्रले बाख्रा पालनबाट विस्तापित हुनु परेको छ । उनले नगरपालिका लगायत अन्य निकायबाट राहत पाए फेरि बाख्रा पालन गर्ने बताएका छन्। तीन घण्टा लामो भएको भारी वर्षापछि आएको बाढीले सोही गाउँकी बासुरुपा रावलको घर भत्कीएको छ । भने झ्यारी गाउँका अन्य धेरैजसो घरभित्रै बाढी९भल० पसेको छ । स्थानीय बासुरुपाका अनुसार भत्कीएपछि परिवारको विचल्ली भएको छ । भने गाउँले विस्तापित भएका छन् । एकै २०७९ असोज महिनाको २४ र २५ गते आएको अविरल वर्षाले झ्यारी गाउँमा ठूलो क्षति पुर्याएको थियो।

झ्यारी गाउँमा त्यहाँ माथि नजिकैको बाम्नेचौरमा बस्दै आएका स्थानीयभारी वर्षात हुन लागेसंगै चिन्तामा परेका छन् । २०७९ कै बाढीले चर्किएकै घरमा बस्नुपर्ने बाध्यता खेपीरहेका स्थानीय जोखिम मोलेर अहिले बस्न बाध्य रहेको स्थानीय असल रावलले बताएका छन् । वर्षापछिको बाढीले पाक्दै गरेको जौ गहुँ बालीमा पनि क्षति पुगेको छ । घटनाको एकिन विवरण आउन भने बाँकि रहेको छ । रारा छायानाँथ नगरपालिकाका मेयर विष्णु कुमार भामले प्रहरी पठाएर घटनाको मुचुल्का गर्न लगाएको बताए । क्षतिको विवरणनुसार किसानको राहत र पुर्नस्थापनाका लागि नगरपालिकाबाट उचित राहत प्रदान गरिने मेयर भामको भनाई छ ।

Next Post

सल्यानमा चटयाङ लागेर  एक महिला घाइते हुँदा ४ बाख्रा मरे

३० जेष्ठ २०८२, शुक्रबार १४:१४
सल्यान । सल्यानमा  चटयाङ लागेर  एक महिला घाइते भएकी छन् । घर नजिकै परेको चटयाङ लागेर त्रिवेणी गाउँपालिका–१ सागिने घर भएकी २४ वर्षकी आरती पुन घाइते भएकी हुन् । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घरमा बसिरहेका बेला चटयाङ परेको थियो । घाइते पुनलाई उपचारका लागि जिल्ला […]