सल्यानमा चटयाङ लागेर  एक महिला घाइते हुँदा ४ बाख्रा मरे

  ।   ३१ जेष्ठ २०८२, शुक्रबार १७:१३

सल्यान । सल्यानमा  चटयाङ लागेर  एक महिला घाइते भएकी छन् । घर नजिकै परेको चटयाङ लागेर त्रिवेणी गाउँपालिका–१ सागिने घर भएकी २४ वर्षकी आरती पुन घाइते भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीका अनुसार घरमा बसिरहेका बेला चटयाङ परेको थियो । घाइते पुनलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको उनले बताए ।

 

यस्तै, सल्यानको कालिमाटी गाउँपालिका–५ दम्दवाली बस्ने पहलसिंह गाहाका चार बाख्रा चट्याङकै कारण मरेका छन् । दुई खसी र दुई बाख्रा मरेका हुन् ।

Next Post

विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध

३१ जेष्ठ २०८२, शुक्रबार १७:१३
सुर्खेत । विद्युत आपूर्ति नहुँदा कर्णाली प्रदेशका केही स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै टेलिकमले सेवा अवरुद्ध भएको जानकारी दिएको हो । कम्पनीका अनुसार विद्युत आपूर्ति अवरुद्ध हुँदा टुजी, थ्रीजी, फोरजी र वायरलाइन एफटीटीएच सेवा शुक्रबार बिहानैदेखि अवरुद्ध भएको छ । टेलिकमका अनुसार […]