महाबैको आधारभूत अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

  ।   २४ पुष २०८१, बुधबार १३:३७

कालिकोट । महाबै गाउँ पालिकामा एम्बुलेन्स हस्तान्तरण भएको छ । गाउँ पालिकामा रहेको आधारभूत अस्पताललाई सहज र द्रुत स्वास्थ्य सेवा प्रदान गर्न कान्थारी फाउन्डेसन र ओदा फाउन्डेसनको साझेदारीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।

स्थानीयस्तरमा स्वास्थ्य सेवामा सुधार गर्ने उद्देश्यले दुर्गम क्षेत्रका बिरामीलाई आपतकालीन स्वास्थ्य सेवा लिन सजिलो हुने विश्वास गरिएको छ।

विशेष एक समारोहका बिच गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरिएको हो। अध्यक्ष सिंहले नयाँ एम्बुलेन्सले सेवामा सुधार ल्याउनेमा आफूहरू आसावादी रहेको बताउनुभयो।

कान्थारी फाउन्डेसन र ओदा फाउन्डेसनका प्रतिनिधिहरूले स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न र स्थानीय बासिन्दाहरूलाई सहज र गुणस्तरीय सेवा दिन सहयोग गरिएको बताए ।

Next Post

सल्यानमा ट्याक्टर दुर्घटना १ जनाको घटनास्थलमै मृत्यु

२४ पुष २०८१, बुधबार १३:३७
सल्यान । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका–१, मयानी भन्ने गाउँका अन्दाजी ४९ वर्षीय क्षेत्रबहादुर खत्री रहेका छन् । सल्यान प्रहरीका अनुसार आज बिहान छत्रेश्वरी गाउँपालिका–१ को भालुमारेदेखि मयानी जाँदै गरेको लु. प्र ०२०० त ००१२ नम्बरको ट्याक्टर मयानी नजिकै दुर्घटना […]