भ्यानको ठक्करबाट ६५ वर्षीया महिलाको मृत्यु

  ।   २६ श्रावण २०८३, मंगलवार २०:१४

रुकुम पश्चिम । रुकुम पश्चिममा इभि भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–८ की ६५ वर्षीया काली बिटालु रहेकी छन्।

त्रिवेणी गाउँपालिका–१० भयराथानस्थित भित्री सडकखण्डमा पैदल हिँडिरहेकी बिटालुलाई सोलाबाङबाट नुवाकोटतर्फ जाँदै गरेको बा.प्र.०८–००१ ज ०३८९ नम्बरको इभि भ्यानले ठक्कर दिएको थियो।

भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी बिटालुलाई घटनालगत्तै प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याएको थियो। तर, अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारका अनुसार दुर्घटनापछि भ्यान चालक घटनास्थलबाट फरार भएका छन्। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न भ्यान र त्यसमा रहेका सहचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाको प्रकृति, दुर्घटनाको कारण तथा चालकको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

मृतक बिटालुको शव परीक्षणलगायत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। फरार चालक पक्राउ परेपछि दुर्घटनाबारे थप तथ्य खुल्ने प्रहरीको भनाइ छ।

Next Post

कर्णालीमा दलित विकास समिति गठनका लागि ऐन संशोधन गर्ने मुख्यमन्त्री शाहीको प्रतिबद्धता

२६ श्रावण २०८३, मंगलवार २०:१४
सुर्खेत । नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवं नेपाल दलित मोर्चाका केन्द्रीय विदेश विभाग प्रमुख बसन्त कुमार विश्वकर्माको नेतृत्वमा गएको नेपाल दलित मोर्चाको टोलीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएको छ । भेटका क्रममा मोर्चाले कर्णाली प्रदेशमा दलित विकास समिति गठन गर्ने व्यवस्था […]