अपडेट

जेन-जी आन्दोलन : मृत्यु संख्या ७२ पुग्यो, सयौं घाइते उपचाररत

  ।   २९ भाद्र २०८२, आईतवार १३:१५

काठमाडौं । देशभर भइरहेको जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्यसचिव एकनारायण अर्यालका अनुसार आन्दोलनमा सहभागी र सुरक्षा निकाय दुबै पक्षमा ठूलो जनधनको क्षति भएको छ।

आन्दोलनकारीतर्फ मात्र ५९ जनाको मृत्यु भएको छ भने प्रहरीले पनि तीन जना सुरक्षाकर्मी गुमाउनुपरेको छ। यससँगै हालै कारागार तोडफोडको घटनामा भाग्न खोज्ने १० जना कैदीले समेत ज्यान गुमाएको सरकारी विवरणमा उल्लेख छ।

मुख्यसचिव अर्यालका अनुसार हाल देशभरका विभिन्न अस्पतालमा १९७ जना घाइते उपचाररत छन्। तीमध्ये १३४ जना आन्दोलनकारी र ५७ जना प्रहरी रहेका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

सरकारले शान्ति र संयमित व्यवहारका लागि सबैलाई आग्रह गर्दै परिस्थितिलाई नियन्त्रणमा लिन आवश्यक कदम चालिरहेको जनाएको छ।

ज्यान गुमाएका परिवारलाई १० लाखका दरले राहत दिने पदभात ग्रहण  गर्दै प्रधानमन्त्री सुशीला कार्की निर्णय गरेकी समेत छन ।

Next Post

एमाले ओलीमाथि अध्यक्षता त्याग्ने दबाब : आफ्नै पक्षभित्रबाटै तयार हुनैपर्छ भन्ने आवाज

२९ भाद्र २०८२, आईतवार १३:१५
काठमाडौं। भदौ २३ र २४ गतेको जेन–जी नेतृत्वको आकस्मिक विद्रोहले सत्ताको बागडोर सम्हालिरहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ठूला संकटको मोडमा पुर्‍याएको छ। घटनापछि उनी अझै पनि सेनाको कडा सुरक्षा घेराभित्र सीमित छन्। तर, उनी कहिले खुलेर पार्टी गतिविधिमा फर्कन्छन् भन्ने विषयमा एमाले नेता–कार्यकर्ता नै अनिश्चित छन्। पार्टी […]