जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

  ।   २७ मंसिर २०८१, बिहीबार ०७:४२

जाजरकोट । जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार राति नलगार्ड नगरपालिका ३ बिरखोला कैना–कड्के सडकखण्डस्थितमा कालीमाटीबाट करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जिप दुर्घटना भएको हो ।

जिल्ला प्रहरी प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका अनुसार जिप दुर्घटनामा जिप चालक जाजरकोट नलगाड नगरपालिका–३ करुवा निवासी ३२ वर्षका ईन्द्रजित थापा, सोही ठाँउकी ६५ वर्षिया शिला पुन, ३२ वर्षीया सारदा थापा, १८ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको आलोचना रोकाको मृत्यु भएको छ ।

जिप दुर्घटना भएपछि घाइते भएका सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरि नगर दल्लीमा लगिएकोमा उपचारको क्रममा ५ जनाको मृत्यु भएको हो । घाइते नलगाड (३ का जनक थापाको उपचार भइरहेको छ भने २१ वर्षीय जीवन बि।क को डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

जिप एक्कासी ब्रेक फेल भई सडकबाट करिब ७ सय देखि ८ सय मिटर तल खसेको छ।

Next Post

मानवसेवा आश्रम निर्माणमा वीरेन्द्रनगर नगरपालिकाले १ करोड ५० लाख सहयोग

२७ मंसिर २०८१, बिहीबार ०७:४२
सुर्खेत । मानवसेवा आश्रमले सहयोगापेक्षी सडकआश्रित मानवहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले आयोजना गरेको महायज्ञको सातौँ दिन बिहिबार वीरेन्द्रनगर नगरपालिले १ करोड ५० लाख सहयोग गरेको छ । महायज्ञमा सहभागी हुँदै नगरपालिकाको तर्फबाट नगरप्रमुख मोहनमाया ढकाल र उपप्रमुख निलकण्ठ खनालले आश्रमको एउटा ब्लक निर्माणमा लाग्ने डेढ करोड रुपैया दिने प्रतिवद्धता व्यक्त […]