अपडेट

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रमलाई निरन्तरता दिने नगर प्रमुख शाहिको प्रतिबद्धता

  ।   १८ पुष २०८२, शुक्रबार २१:३१

कालिकोट । युरोपियन युनियन तथा संयुक्त राष्ट्रसंघीय कोष  (UNFPA) को सहयोग, खाँडाचक्र नगरपालिकाको साझेदारी तथा समन्वयमा सोसेक नेपालद्वारा सञ्चालित “सशक्त महिला, समृद्ध नेपाल” कार्यक्रमअन्तर्गत किशोर–किशोरी तथा परिवार संवाद कार्यक्रमका लागि सञ्चालन गरिएको ३० दिने रुपान्तरण कक्षा सफलतापूर्वक सम्पन्न भएको छ।

उक्त कक्षालाई सहजीकरण गरी कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने सहजकर्ताहरूलाई खाँडाचक्र नगरपालिकाका नगर प्रमुख कमल बहादुर शाहि तथा उप–प्रमुख गनेश बहादुर शाहि र नि. प्रमुख प्रशासकिय अधिकृत जसि प्रसाद चौलागाईको उपस्थितिमा सम्मान तथा प्रशंसा पत्र प्रदान गरिएको हो।

कार्यक्रममा बोल्दै नगर प्रमुख कमल बहादुर शाहिले किशोर–किशोरी सशक्तीकरण, लैङ्गिक समानता, परिवार संवाद र सकारात्मक सामाजिक रूपान्तरणमा यस कार्यक्रमले पुर्‍याएको योगदानको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरू स्थानीय तहमा अझै विस्तार गरिनुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, कार्यक्रमको निरन्तरता र प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका सधैं सहयोग र प्रतिबद्ध रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमले किशोर–किशोरीहरूको आत्मविश्वास अभिवृद्धि, पारिवारिक सम्बन्ध सुदृढीकरण तथा समाजमा सकारात्मक सोच र व्यवहार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी सहजकर्ताहरूले प्राप्त ज्ञान, सीप र अनुभवलाई समुदाय स्तरमा व्यवहारमा उतार्दै सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए। सोसेक नेपालले स्थानीय सरकार, साझेदार संस्था तथा समुदायसँगको सहकार्यमा महिला, किशोर–किशोरी र परिवार सशक्तिकरणका कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अगाडि बढाउँदै जाने जनाएको छ।

Next Post

नेफ्स्कुन बोर्ड संचालक भोटेमाथि कार्यालयमै कर्मचारीद्वारा हातपात

१८ पुष २०८२, शुक्रबार २१:३१
सुर्खेत । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) कर्णाली प्रदेश बोर्डका संचालक वीरबहादुर रावत ‘भोटे’माथि नेप्सकुनकै कर्मचारीहरूले कुटपिट गरेका छन्। घटना शुक्रबार दिउँसो करिब ३ बजेको समयमा नेफ्स्कुनको कार्यालय परिसरभित्र भएको हो। पीडित संचालक रावतका अनुसार बोर्ड बैठक बसाल्ने विषयमा छलफल भइरहेका बेला कर्मचारी पक्षबाट हातपात भएको हो। […]

सम्बन्धित शीर्षक