जुम्ला । प्रेस सेन्टरको एक्काइसौं स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा फलफूल वितरण गरिएको छ ।
प्रेस सेन्टर जुम्ला शाखाले एक्काइसौं प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानको सुत्केरी वार्डका सुत्केरीहरुलाई फलफूल वितरण गरिएको हो ।
उक्त वितरण कार्यक्रममा बोल्दै प्रेस सेन्टर जुम्लाका अध्यक्ष मानबहादुर कुँवरले एक्काइसौं प्रेस सेन्टरको स्थापना दिवसको अवसरमा संचारकर्मीहरुलाई हार्दिक शुभकामना व्यक्त गर्दै प्रेस सेन्टर आफैंमा गौरवपूर्ण इतिहास बोकेको प्रेस संगठन भएको बताउनुभयो । प्रेस सेन्टर जनपक्षीय पत्रकारहरुको केन्द्र मात्र नभएर उत्पीडित,पिछडिएका र दमनमा रहेका आम सर्वसाधारणको भरोसाको केन्द्रबिन्दु पनि बनेको प्रेस सेन्टरको यो ऐतिहासिक दिन भएकोले प्रेस सेन्टर जुम्लाले आगामी दिनहरू पनि यस्तै रचनात्मक अभ्यास निरन्तर गरिरहने अध्यक्ष कुँवरले बताउनुभयो ।
त्यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण चौलागाईं,प्रेस चौतारीका अध्यक्ष मानदत्त रावल,तातोपानी ६ का वडाध्यक्ष विशाल खड्का लगायत जिल्लाका क्रियाशील पत्रकारहरुको सहभागितामा फलफूल वितरण गरियको हो ।