अपडेट

सल्यानमा मोटरसाइकल दुर्घटनाबाट १ जनाको मृत्यु

  ।   १५ माघ २०८१, मंगलवार ११:५२

सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । कुमाख गाउँपालिका ७ तुरतुरेका २६ बर्षिय गोपाल डाँगीको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यलय सल्यानका अनुसार सोमबार साँझ दार्मा गाउँपालिका ४ मौलाहाल्ने बजारस्थित सडक खण्डमा रा ७ प ४५५८ नम्बको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटना भइ एक सय मिटर तल गएको छ ।

दुर्घटनामा घाइते डाँगीको उपचारको क्रममा राती १० बजे जिल्ला अस्पताल सल्यानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिएका छन् ।

शवको जाँच प्रकृति मुचुल्का लगायत अनुसन्धान कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।

Next Post

कर्णाली सरकारले ल्याएको स्थानीय सेवा ऐन कायान्वयनमा नआउदै विवादित

१५ माघ २०८१, मंगलवार ११:५२
सुर्खेत । कर्णाली सरकारले ल्याएको स्थानीय सेवा ऐन २०८१ जारी भएर कायान्वयनमा नआउदै विवादित बनेको छ । गत असोज २९ गते जारी गरेको ऐनले कर्मचारीहरुको वृृत्ति विकासमा प्रत्यक्ष असर गरेको भन्दै स्थानीय सेवा कर्मचारी सञ्जाल नेपाल कर्णाली प्रदेश कार्य समितिले आपत्ति जनाएको हो । जनताको घरदैलोमा रहेर प्रत्यक्ष रुपमा जनतालाई […]

सम्बन्धित शीर्षक